• २५ भदौ २०८३, बिहीबार
  • ४ः३४ बेलुका

भ्रमण वर्ष २०२०लाई प्रभाबकारी बनाउन ओमानमा राजदूतहरूको बैठक

प्रकाशित मिति

२०७६ पुष १ गते, मंगलवार ०२:१५

काठमाडौँ, ओमानको राजधानी मस्कटमा भिजिट नेपाल २०२० लाई प्रभाबकारी रुपमा सफल बनाउन सो क्षेत्रमा नेपाली राजदूतहरूको बैठक सम्पन्न भएको छ । ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालको सयोजनमा भएको बैठकमा नेपाल भ्रमणलाई प्रभाबकरी बनाउन अप्रेंशन काउन्सिल (जिसीसि) र मध्यपूर्व तथा उत्तर अफ्रिकी राष्ट्र (एमइएनए)का सदस्य रहेका बिभिन्न राष्ट्रका लागि नेपाली राजदूतहरू सहभागी रहेका थिए ।

National Life

बैठकमा भाग लिन परराष्ट्र मन्त्रालयका सचिव शंकर बैरागी र संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयका सचिव केदारबहादुर अधिकारी पनि सहभागी थिए । त्यसैगरि बैठकमा ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल, इजिप्टका लागि नेपाली राजदूत झबिन्द्र अर्याल, युनाइटेड अरब इमिरेटका लागि नेपाली राजदूत कृष्ण ढकाल, इजरायलका लागि नेपाली राजदूत अञ्जना शाक्य, पाकिस्तानका लागि नेपाली राजदूत सेवा लम्साल, कुबेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारी, कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्धाज, साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रताप सिंह राजपुत लगायत थिए ।

बैठकले भ्रमण वर्षभरि सो क्षेत्रका नागरिकहरूलाई नेपाल भ्रमण जाने वातावरण सिर्जना गर्ने रणनीति समेत बनाएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया