• ४ साउन २०८३, सोमबार
  • ७:५१ बेलुका

पश्चिमी न्यूनचापीय वायुको प्रभाव कायमै, सतर्कता अपनाउन आग्रह

प्रकाशित मिति

२०७६ मंसिर २९ गते, आईतवार ०९:२७

काठमाडौं, तीन दिन सम्म लगातर पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बद्लीसँगै वर्षा तथा हिमपात भएको छ । उक्त मौसमी प्रणालीको प्रभावले शनिबार केही उच्च पहाडीसहित हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात भएको छ । यो क्रम आइतबार पनि रहने भएकाले हिमालीसहित पहाडी क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

महाशाखाले नेपालमा न्यूनचापीय वायुको प्रभाव कायमै रहेको र हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बद्ली भई बाँकी भूभागमा आंशिक बद्ली रहेको जनाएको छ । आज पहाडी भेगको एक दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी र हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । यस्तै दिउँसो देशको पश्चिमी क्षेत्र तथा मध्य र पूर्वी पहाडी भेगमा सामान्य बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली तथा पश्चिमका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ । हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

Kamana Sewa

सोमबारदेखि देशको केही पहाडी भेगमा आंशिक बदली रहे पनि अधिकांश भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया