• ३१ भदौ २०८३, बुधबार
  • १०ः११ राती

धार्मिक र प्राकृतिक क्षेत्रको विकासले पर्यटकीय विकास संभव छ :पर्यटनमन्त्री भट्टराई

प्रकाशित मिति

२०७६ मंसिर २९ गते, आईतवार ०९:१८

काठमाडौं, सँस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्राईले धार्मिक पर्यटनको विकासमा बज्रयोगिनी मन्दिरले थप टेवा पु¥याएको बताउनुभएको छ । शङ्खरापुर नगरपालिका वडा नं. ८ स्थित बज्रयोगिनी मन्दिरको शनिवार पुनःनिर्माण सम्पन्न कार्यक्रममा उहाँले नेपालको धार्मिक पर्यटनको विकासका लागि बज्रयोगिनी मन्दिरले टेवा पुगेको स्पष्ट गर्नुभयो । काठमाडौंलाई कङ्क्रिटको जङ्गलमा रुपान्तरण गरेर नेपालको पर्यटनको विकास संभव नहुने भन्दै उहाँले नेपालमा भएका धार्मिक र प्राकृतिक क्षेत्रको विकासले मात्र पर्यटकीय विकास संभव हुने बताउनुभयो ।

National Life

अहिले काठमाडौंमा पैदल मार्गको कमी हुँदै गएकाले उपत्यका भित्रका नगरपालिकाले नगर क्षेत्र भित्र पैदल मार्गको रुपमा विकास गदै जानुपर्ने चर्चा गर्दै उहाँले पैदल मार्गले पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । सांखु क्षेत्र आफैंमा धार्मिक पर्यटकीय क्षेत्र भएको स्मरण गर्दै मन्त्री भट्टराईले साँखुबाट नगरकोट, सिन्धुपालचोक लगायतका ठाउँमा पुग्न सकिने गरी वैकल्पिक मार्गको रुपमा विकास हुँदै गएको जानकारी गराउनुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले नगरपालिकाको आन्तरिक सिमित साधन र स्रोतले पर्याप्त रुपमा विकास गर्न नसकिएको भन्दै यसका लागि सङ्घीय सरकारले सहयोग गर्नुपर्ने बताउनुभयो । नगपालिकामा जनप्रतिनिधि आएपछि विकासको गतिले तिब्रता पाएको चर्चा गर्दै प्रमुख श्रेष्ठले यसका लागि सङ्घ र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
२०७२ सालको भूकम्पले क्षति पुगेको उक्त मन्दिर तीन करोड ६७ लाख रुपियाँमा पुनःनिर्माण सम्पन्न गरिएको हो भने सोही क्षेत्रमा रहेको पद्मगिरी धर्म धातु मन्दिर को दुई करोड २५ लाख रुपियाँमा पुरातत्व विभागले पुनःनिर्माण गरेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया