नेपालमा चारपांग्रे गाडी उत्पादन गर्न लगानी बोर्ड र मोट्रेक्स कम्पनीबीच सम्झौता
प्रकाशित मिति
२०७६ मंसिर २८ गते, शनिबार ११:१२
काठमाण्डौ, नेपालमा चारपांग्रे गाडी उत्पादन गर्ने भन्दै लगानीको अनुमति मागेको कोरियाली कम्पनी मोट्रेक्ससँग परियोजना लगानी सम्झौता भएको छ । लगानी बोर्ड नेपाल र मोट्रेक्सका प्रतिनिधिबीच बुधबार प्रोजेक्ट इन्भेष्टमेन्ट एग्रिमेन्ट ढपीआईएमा सम्झौता भएको हो ।
सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत र मोट्रेक्सका प्रतिनिधिले हस्ताक्षर गर्नुभएको छ । लगानी बोर्डले पहिलो चरणमा १०५ मिलियन अमेरिकी डलर (झण्डै १२ अर्ब नेपाली रुपैयाँ) लगानी गर्ने सहमतिमा हस्ताक्षर भएको जनाएको छ ।

ईआइए गरेको ३६ महिनाभित्र भौतिक संरचना निर्माणको काम सक्नुपर्ने पनि सम्झौतामा उल्लेख भएको सीईओ अधिकारीले जानकारी दिनुभयो । सरकारले मोट्रेक्सलाई बुटवल धागो कारखानाको जग्गा दिने तयारी गरेको छ । २०७५ सालको चैत १ गते बसेको लगानी बोर्डको बोर्ड बैठकले मोट्रेक्सको लगानी स्वीकृत गरेको थियो ।





प्रतिकृया