• २६ भदौ २०८३, शुक्रबार
  • ६ः३२ बेलुका

लैङ्गिक उत्तरदायी बिपद् जोखिम ब्यबस्थापनका लागि संचारकर्मीसँग अन्तरकृया

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार ०२:४४

भक्तपुर, मिडिया एड्भोकेसी ग्रुप (म्याग)ले भक्तपुरमा लैङ्गिक उत्तरदायी बिपद् जोखिम ब्यबस्थापनका लागि संचारकर्मीसँग अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ । भक्तपुरका १५ भन्दा बढी पत्रकार सहभागी कार्यक्रममा म्यागका अध्यक्ष तथा अग्रज संचारकर्मी अनिता बिन्दुले कार्यक्रममा सहभागीलाई बिषय बस्तुबारे सहजीकरण गर्नुभयो ।

National Life

अध्यक्ष बिन्दुले समाजमा पछि पारेका वा पछि परेका महिला सहितका वर्ग समुदायका लागि बिपद्को बेला मानवीय सहायता प्रदान गर्दा पनि लैङ्गिक संबेदनशीलता अपनाउनुपर्ने बताउनुभयो ।उहाँले बिपद्पुर्व ,बिपद्को समय सही सुचना समयमा प्रवाह गर्नु पनि सबैभन्दा ठूलो मानवीय सहायता भएको बताउँदै यस क्षेत्रमा भएका असल अभ्यासको प्रचारप्रसार गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले बिपद्लाई पत्रकारिताको एक बिटकै रुपमा स्थापित गर्नु अभियान थाल्नुपर्ने बताउँदै भक्तपुरका पत्रकारले समाचार सम्प्रेषणका क्रममा लैङ्गिक संबेदनशीलता अपनाउन सजकता अपनाएको उल्लेख गर्नुभयो ।अध्यक्ष बुढाथोकीले महिला ,अपाङ्ग,दलित,जनजाती,सीमान्तकृत समुदाय बिपद्का बेला थप अरु बर्ग समुदाय भन्दा थप बढी जोखिममा पर्ने गरेको बताउँदै उनीहरुको मुलप्रवाहीकरणमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा म्यागका कार्यक्रम संयोजक अवन्तिका थापा,म्यागकै मेनुका बस्नेत,सहभागी पत्रकार रमेश गिरी, सोम शर्मा बजगाईं, लीला श्रेष्ठ, हरिसुन्दर छुकां, सन्जीव दुलाल, बिकास प्रहर लगायतले बिपद्का क्रममा भोगिएका अनुभव र समाचार सम्प्रेषणबारे अनुभव आदानप्रदान गर्नुभएको थियो ।

प्रतिकृया