• २६ भदौ २०८३, शुक्रबार
  • ७ः१३ बेलुका

प्रदेश नं.३ का प्रदेशसभा सदस्य भँडेलद्धारा गोपनियताको सपथ ग्रहण

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार ०२:२३

प्रदेश नं.३ का प्रदेशसभा सदस्य भँडेलद्धारा गोपनियताको सपथ ग्रहण

हेटौंडा, प्रदेश नं. ३ का नवनिर्वाचित प्रदेशसभा सदस्य कृष्णलाल भँडेलले आइतबार पद तथा गोपनियताको सपथ ग्रहण गर्नु भएको छ । प्रदेश सभा सचिवालयमा आइतबार एक कार्यक्रमको आयोजना गरी प्रदेश ३ का सभामुख सानुकुमार श्रेष्ठले उपनिर्वाचनबाट निर्वाचित प्रदेश सभा सदस्य भँडेललाई पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको हो ।

National Life

सपथ ग्रहणपछि सभामुख श्रेष्ठले साँसद भँडेललाई प्रदेशसभा अँकित लोगो समेत लगाइ दिनुभएको छ । नवनिर्वाचित प्रदेश सभा सदस्य भँडेलले एकबर्षदेखि जनप्रतिनिधि विहीन भक्तपुर क्षेत्र नम्बर १ (क) मा रोकिएका विकासका कामहरुलाई पूर्णता दिने र जनतामूखी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

हेटौंडा–१० स्थित प्रदेशसभा सचिवालयमा भएको सपथ ग्रहण कार्यक्रममा उपसभामुख राधिका तामाङ तथा प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ लगायतको उपस्थिति रहेको थियो । १४ मंसिरमा सम्पन्न उपनिर्वाचनमा भक्तपुर–१ (क) बाट कांग्रेसका उम्मेदवार भँडेलले १३ हजार ४ सय ४९ मत ल्याई निर्वाचित हुनुभएको हो । तत्कालिन एमालेका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधन भएपछि त्यहाँ उपनिर्वाचन भएको हो ।

प्रतिकृया