• २७ भदौ २०८३, शनिबार
  • ९ः४१ राती

नेपाली पुरुष क्रिकेट टिमले काश्य पदक जित्यो

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार ०१:४८

नेपाली पुरुष क्रिकेट टिमले काश्य पदक जित्यो

काठमाडौं, १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाली पुरुष क्रिकेट टिमले काश्य पदक जितेको छ । माल्दिभ्सलाई ५ विकेटले हराउँदै नेपालले काश्य पदक हात पारेको हो ।

National Life

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङको गर्दे माल्दिभ्सले २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनायो । साग क्रिकेटमा नेपालले काश्य पदक जितेको यो पहिलो पटक हो ।

भारत र पाकिस्तान नभएको अवस्थामा नेपालले स्वर्णको लक्ष्य राखेको भए पनि श्रीलंका र बंगलादेशसँग पराजित हुँदा नेपालले काश्यमा चित्त बुझाउन परेको हो । महिला क्रिकेटमा पनि नेपालले काश्य नै जितेको छ । पुरुषतर्फको क्रिकेट प्रतियोगिताको स्वर्णको लागि सोमबार नै श्रीलंका र बंगलादेश खेल्ने छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया