• २७ भदौ २०८३, शनिबार
  • १०ः२७ राती

एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किदा दुईको मृत्यु र एक जना घाइते

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार ०१:३३

सिराहा, सिराहामा एम्बुलेन्स र मोटरसाइकल एकआपसमा ठोक्किदा दुईको मृत्यु र एक जना घाइते भएका छन् । आइतबार राति गोलबजार नगरपालिका–६ गोलचोकमा स १ च ६९३ नम्बरको एम्बुलेन्स र स ६ प ८०६२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा मोटरसाइकलमा सवार सिराहा नगरपालिका–१२ साक्षरका ३१ वर्षीय विष्णु महरा र १८ वर्षीय राकेश मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

National Life

घाइते भएका उनीहरुको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो । सोही ठाउँका २५ वर्षीय जय नारायण मण्डल घाइते भएका हुन् । घाइतेको उपचार लहानमा भइरहेको प्रहरीले जनाएको छ । एम्बुलेन्स चालक फरार रहेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया