• २७ भदौ २०८३, शनिबार
  • ११ः१७ राती

लागू औषधसहित एक चाईनिज नागरिक पक्राउ

प्रकाशित मिति

२०७६ मंसिर २३ गते, सोमबार ०१:२०

काठमाण्डौ, काठमाण्डौ–१६ बाट चार किलो दुई सयग्राम लागू औषधसहित एक चाइनाका एक नागरिक पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले विगत लामो समय देखिको सूचना संकलन, बिश्लेषण एवं
निगरानी पश्चात यही मंसिर २० गते ३१ वर्षिय  ZHANG CHAO  चाईनिज नागरिक पक्राउ परेका हुन् ।

National Life

कार्गोबाट न्युजिल्याण्ड पठाउन भनि ल्याएको निलो रङको कागजको डिब्बा भित्र रंगिन चित्र रहेको १० वटा संकास्पद काठको फ्रेम शंका लागि चेक–जाच गर्दा उक्त फ्रेममा फल्स बटम बनाई लुकाई–छिपाई राखिएको अवस्थामा लागू औषध बनाउने सहायक रसायन ईफेड्रिन चार किलो दुई सय ग्राम फेला परेको थियो ।

न्युजिल्याण्ड पठाउन लागिएको ईफेड्रिन, लागू औषध Amphetamine (Meth/Yaba)  बनाउन प्रयोग गरिने र निजले उक्त
ईफेड्रिन चीनमा नेपाली मुल्य अन्दाजी २ लाख २५ हजार बराबरमा खरिद गरेको र न्युजिल्याण्ड पठाउँदा उक्त ईफेड्रिनको मुल्य रू ५०
लाख बराबरको हुन आउने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया