१३ औं साग: भारतको अग्रस्थान कायमै, ४३ स्वर्णसहित नेपाल दोस्रो स्थानमा
प्रकाशित मिति
२०७६ मंसिर २२ गते, आईतवार ०९:२८

काठमाडौं, १३ औं दक्षिण एशियाली खेलकूद (सागं) मा भारतले पदक तालिकामा अग्रस्थान कायमै राखेको छ । पदक तालिकामा नेपाल दोस्रो स्थानमा छ । शनिबारको खेल सकिँदासम्म भारतले १०६ स्वर्ण, ६९ रजत र ३५ कास्यसहित कूल २१० पदक प्राप्त गरेको छ । नेपालले हालसम्म ४३ स्वर्ण, ३३ रजत र ६२ कास्यसहित कूल १३८ पदक जितेको छ ।
यस्तै श्रीलङ्का ३० स्वर्ण, ५४ रजत र ८३ कास्यसहित तेस्रो, पाकिस्तान २१ स्वर्ण, २८ रजत र ३४ कास्यसहित चौथो, बङ्गलादेश सात स्वर्ण, २२ रजत र ५४ कास्यसहित पाँचौँ, माल्दिभ्स एक स्वर्ण र दुई कास्य जित्दै छैटौँ तथा भूटान छ कास्यसहित पदक तालिकाको अन्तिम स्थानमा छन् ।
नेपालले शनिबार साग अन्तर्गत कुस्तीको महिला ५५ किलो तौलमा नेपालकी सङ्गीता धामीले स्वर्ण जित्नुभएको छ । उहाँले बङ्गलादेशका खेलाडी
पछाडी पार्दे स्वर्ण जित्नुभएको हो । सागको कुस्तीतर्फ नेपाली खेलाडीले जितेको यो नै पहिलो स्वर्ण हो । नेपालका किरणसिंह बोगटीले पुरुष म्याराथनमा स्वर्ण जित्नुभएको छ । नेपालले साग इतिहासमा २४ वर्षपछि पुरुष म्याराथनमा स्वर्ण जितेको हो । यसअघि सागमा नेपालका टीका बोगटीले म्याराथनमा स्वर्ण जित्नुभएको थियो ।
प्रतिकृया