• ७ असोज २०८३, बुधबार
  • ७ः४९ बिहान

मध्यपुर सञ्चार समाजमा बाबुकाजीको नेतृत्व,अग्रज पत्रकार दानदास श्रेष्ठ सम्मानित

प्रकाशित मिति

२०७६ मंसिर २२ गते, आईतवार ०९:३५

मध्यपुर सञ्चार समाजमा बाबुकाजीको नेतृत्व,अग्रज पत्रकार दानदास श्रेष्ठ सम्मानित

मध्यपुर सञ्चार समाजमा बाबुकाजीको नेतृत्व,अग्रज पत्रकार दानदास श्रेष्ठ सम्मानित

भक्तपुर, मध्यपुर सञ्चार समाजको तेस्रो अधिवेशनले शनिबार नयाँ नेतृत्व छनोट गरेको छ । पत्रकार बाबुकाजी साःछेँ श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति बनाएको हो । उपाध्यक्षमा सागर गुरागाइँ, सचिव सुमन श्रेष्ठ, कोषाध्यक्ष चन्द्रकृष्ण श्रेष्ठ, सहसचिव पृथ्वीराम श्रेष्ठ, सदस्यहरूमा कृष्णकाजी मानन्धर, विश्वेश्वर श्रेष्ठ, ज्ञानदेव श्रेष्ठ, ईश्वरलाल श्रेष्ठ, जगत प्रजापतिलाई सर्वसम्मत निर्वाचित गरेको छ । निवर्तमान अध्यक्ष हरिवहादुर श्रेष्ठलाई सल्लाहकार तथा पदेन सदस्यमा मनोनित गरेको छ ।

National Life

कार्यक्रममा अग्रज पत्रकार दानदास श्रेष्ठलाई नगद ३ हजार सहित थेम्मृङ पत्रकारिता पुरस्कारले सम्मानित गरिएको छ । तीन दसक यता पत्रकारिता क्षेत्रमा सक्रिय रहेका श्रेष्ठले आमसञ्चार क्षेत्रमा गरेको योगदानलाई कदर गर्दै पुरस्कृत गरेको हो । उहाँले नेपाल समाचारपत्र दैनिकमा १८ वर्ष समाचार डेस्कमा काम गरिसक्नु भएको छ भने हाल स्वतन्त्र सञ्चारग्राम साप्ताहिकमा सम्पादक हुनुहुन्छ । थिमिको लिच्छविकालीन नाउँबाट सञ्चालित थेम्मृङ मासिक पत्रिकाले समाजको हरेक अधिवेशनमा सञ्चार संस्था वा सञ्चारकर्मीलाई प्रोत्साहन स्वरूप पुरस्कार दिँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले निष्पक्ष भन्दा पनि सत्यको पक्षलाई वकालत गरि सन्तुलित पत्रकारिता गर्नुपर्ने बताउनुभयो । कुनै अमुक व्यक्तिले स्रोतविहीन समाचार लेखेकै भरमा त्यसलाई हुबहु सारेर प्रचार गर्ने भन्दा पनि तथ्यगत समाचार सम्प्रेशन गरिदिन उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले पत्रकारिता चुनौतिपुर्ण पेशा रहेको बताउँदै यो पेशालाई सशक्त बनाउन र समाज तथा देशको ऐनाको रुपमा अगि बढाउन सबैको साथ,सहयोग र समर्थन आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका पुर्व उपप्रमुख चन्दनकृष्ण श्रेष्ठ,आदर्श माबि लायकुका प्राचार्य बुद्धिकुमार घो,सिबर्ड कलेजका बिजय श्रेष्ठ लगायतले समाजको सफलताको कामना गर्नुभयो ।

कार्यक्रममा नेवाः पत्रकार राष्ट्रिय दबू भक्तपुरका अध्यक्ष रामगोपाल तमखु, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार, पत्रकारिता अध्यापन गराउने प्राध्यापक, विभिन्न सञ्चार गृहमा आवद्ध पत्रकारदेखि प्रशिक्षार्थी पत्रकारहरूको कार्यक्रममा सहभागिता थियो ।

 

प्रतिकृया