• ७ असोज २०८३, बुधबार
  • ९ः३६ बिहान

पूर्वमन्त्री बस्नेत र मेयर थापाद्धारा गुण्डु खानेपानी आयोजनाको शिलान्यास

प्रकाशित मिति

२०७६ मंसिर २१ गते, शनिबार ०३:१६

भक्तपुर, सूर्यविनायक नगरपालिका वडा नम्बर ७ मा गुण्डु वृहत खानेपानी अन्तर्गत ट्याङ्की निर्माण र पाईपलाइन विस्तार कार्यको शिलान्याश भएको छ । भक्तपुर २ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महेश बस्नेत र सूर्यबिनायक नगरपालिकाका मेयर बासुदेव थापाले शनिबार संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो । यस अन्तर्गत गुण्डूमा वृहत् खानेपानीको २ लाख लिटर ट्याङ्की निर्माण र पाईपलाइन विस्तार कार्य हुनेछ

National Life

सूर्यबिनायक नगरपालिकाको आर्थिक बर्ष २०७६/०७७ को स्वीकृत योजना ६०/४० अन्तर्गत नगरपालिकाबाट रु ६० लाख र काठमाडौं वल्ड स्कुल गुण्डूको तर्फबाट ४० लाख गरी कुल एक करोड रुपैयाको लागतमा यो आयोजना अघि बढाएको हो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिकृया