• १९ भदौ २०८३, शुक्रबार
  • ९ः३६ राती

मथिनपाले अदालतको आदेशलाई समेत नमानेको स्थानीयको गुनासो

प्रकाशित मिति

२०७६ मंसिर ४ गते, बुधबार १०:५९

भक्तपुर , मध्यपुर थिमि नगरपालिकाले सडक बिस्तारका क्रममा अदालतको आदेशलाई समेत नमानेको तथ्य फेला परेको छ ।
सडक बिस्तार गर्दा सडकको केन्द्रबिन्दुबाट दुबै तर्फ बराबर हिसाबले चाहिने जग्गा कानुन बमोजिम अधिग्रहण गर्नुपर्नेमा समानताको हक बिपरीत एकातर्फका जग्गा धनीको मात्र जग्गा अधिग्रहण गरेको स्थानीयको आरोप छ ।
भक्तपुर जिल्ला साबिक निलबाराही गाबिस वडा नं.६ र हाल मध्यपुर थिमि नगरपालिका वडा नं.८ मा रहेको किता नं.१३२३ र १३२६ का जग्गाधनी दिप साहु कल्याणले सर्बोच्च अदालतको अन्तरिम आदेश बिपरीत एकलौटी रुपमा आफ्नो जग्गा तर्फ मात्र सडक बिस्तार गरेको बताउनुभयो ।

संबिधानले प्रदान गरेको समानताको हक बिपरीत सडकको पारी तर्फका जग्गाधनीहरुले सार्वजनिक सडक मिचेर बनाएको घरलाई जोगाएको र क्षतिपुर्ती समेत नदिई आफ्नो जग्गा मिचेर नगरपालिकाले सडक बिस्तार गरी अन्याय गरेको गुनासो गर्नुभयो ।
पुरानो थिमी बोडे सडक बिस्तारका क्रममा आफूले पर्खाल लगाउन राखेको ढुंगा समेत नगरप्रहरी आई लगेको र रोडा खसाल्ने काम भएको बताउँदै उहाँले नगरपालिकाले प्रहरी र प्रशासनको बलमा ब्यक्तिको जग्गा जबरजस्ती अतिक्रमण गरेको बताउनुभयो ।

Kamana Sewa

बिना कुनै कानुनी नाप नक्शाको अध्ययन आर्थिक प्रलोभन तथा दबाबमा मनोमानी तरिकाले बल प्रयोग गरी मौलिक हकलाई कुण्ठित गरिएको भन्दै बिवादित क्षेत्रमा दुबै पक्ष राखी नक्सा बमोजिम नापी रेखांकन गर्न उहाँले माग गर्नुभएको छ ।
नगरप्रमुख र केही कर्मचारी आर्थिक प्रलोभनमा परेको र पदीय दायित्वको दुरुपयोग गरेको स्थानीय राम बाडेको आरोप छ ।उहाँले प्रशासन,प्रहरी,नापी कार्यालय र अदालत गुहार्दा समेत जायज माग पुरा नभएको बरु झन् प्रताडित भएको भन्दै बाध्य भएर पत्रकारलाई गुहार्नु परेको बताउनुभयो ।

Classic Tech Desktop

उच्च अदालत पाटनले यसै सम्बन्धमा मंसिर १ गते बिवादित क्षेत्रको बाटो तथा आसपासका घरजग्गा समेतको भौतिक अबस्था स्पष्ट हुने गरी साबिक र हालको स्थिति समेत प्रष्ट हुने गरी नाप नक्शा प्रयोजनका लागि भक्तपुर जिल्ला अदालतमा दिप साहुलाई तारेख तोकि पठाएको छ ।जग्गा धनी दिप साहुले यस अघि आफूलाई जानकारी समेत नदिई सीमांकन भैसकेको पत्र नपाले पठाएको भन्दै उहाँले नाप नक्शा प्रयोजनका लागि उच्च अदालतमा निवेदन दिएको बताउनुभयो ।

एका तर्फ सडक बिस्तार नगरपालिकाले गरेको होईन भन्ने र अर्कातर्फ नगरपालिकाले आफूलाई लेखेको पत्रमा पनि डिभिजन सडक कार्यालयले सडक बनाउन लागेको उल्लेख नगर्ने नगरपालिकाको दबैया दोहारो भएको दिप साहुको भनाई छ ।

यस अघिको सडक बिस्तार तत्काल नगर्नु भन्ने अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने सम्बन्धमा गत साउन १४ गते उच्च अदालतले बाटो बिस्तार गर्ने योजना मथिनपाको नभएको भन्ने सडक डिभिजन कार्यालय भक्तपुरले ठेक्का संझौता गरी गर्न लागेको भन्ने दिप साहुका बिपक्षी नगरपालिका तर्फबाट पेश भएको प्रमाण कागजबाट देखिंदा सडक कार्यालयलाई बिपक्षी नबनाई नपालाई मात्र बिपक्षी बनाई दायर गरेको रिट निबेदनमा निबेदकको माग बमोजिम अन्तरिक आदेश जारी गर्नु पर्ने अबस्था बिद्यमान नदेखिंदा साउन १४ मा जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने ठहर गरेको थियो ।

त्यस पछि उहाँ न्यायका लागि सर्बोच्च अदालत जानु भएको थियो ।सर्बोच्चको अन्तरिम आदेश बिपरीत नगरपालिकाले काम गर्न थालेको भन्दै उहाँले हक भोगको जग्गा नगरपालिकाले कानुन बमोजिम नभई जबरजस्ती अतिक्रमण गरेको दुखेसो गर्नुभयो ।
लालपुर्जामा परिवारीक अंश बण्डा भई दिप साहुको नाममा मथिनपा वडा नं ८ मा कित्ता नं।१३२३ मा ०–२–३–३ तथा कित्ता नं।१३२६ मा ०–२–१–१ गरी दुई कित्ताको जग्गा कायम छ ।
नगरप्रमुख मदनसुन्दर श्रेष्ठले भने त्यहाँ कुनै बिवाद नरहेको र सबै समस्या समाधान भएको भनेर सामाजिक संजाल मार्फत गलत सन्देश दिएको समेत दिप साहुको भनाई छ ।

प्रतिकृया