• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

नेपाली कांग्रेसका उम्मेदवार भँडेललाई मातृ शोक, चुनावी कार्यक्रम स्थगित

प्रकाशित मिति

२०७६ मंसिर १ गते, आईतवार १०:४३

भक्तपुर, नेपाली कांग्रेसका तर्फबाट भक्तपुर क्षेत्र नम्बर १ ‘क’का उम्मेदवार कृष्णलाल भँडेललाई मातृ शोक परेको छ । परिवारजनका अनुसार प्रदेश सभाका उम्मेदवार भँडेलका आमा सेतीमाया भँडेलको उपचारका क्रममा मध्यपुर थिमी अस्पतालमा आइतबार बिहान निधन भएको हो ।

नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय कार्य समितिले आइतबारको लागि निर्धारित चागुनारायण नगरपालिका ७ बागेश्वरीको चुनावी घरदैलो कार्यक्रम हाललाई स्थगित गरिएको भक्तपुर कांग्रेसले जनाएको छ । आइतबारको चुनावी कार्यक्रममा सहभागी हुन नेपाली कांग्रेसका युवा नेता गगन थापा सहभागि हुने कार्यक्रम रहेको थियो ।

Kamana Sewa

प्रतिकृया