प्रकाशित लेखरचनाबारे प्राध्यापकहरुबीच अन्तरक्रिया कार्यक्रम
प्रकाशित मिति
२०७६ कार्तिक २९ गते, शुक्रबार ०२:१२
सुर्खेत, नेपाल प्राध्यापक समाजको ‘दि एकेडेमी’ बुलेटिनमा प्रकाशित लेखरचनाबारे बिहीबार मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यापनरत प्राध्यापक बीच अन्तरक्रिया कार्यक्रम भएको छ । कार्यक्रममा नेप्रासका अध्यक्ष सरोजराज गोसाईले देशको सार्वभौमिकतामाथि भारतीय हस्तक्षेप भइरहँदा बुद्धिजीवीहरू मौन रहन नसक्ने भन्दै भारतीय एकाधिकार पुजीविरुद्ध सङ्घर्ष गर्न तयार रहनुपर्ने बिचार राख्नुभयो ।
बुद्धिजीवीहरूले आफ्नो स्वार्थ त्यागेर देश र जनताको पक्षमा बोल्ने बेला भएको उहाँको कथन थियो । अध्यक्ष गोसाईले नेपालका शिक्षा नीतिहरू विदेशीको स्वार्थमा विदेशीले भनेजस्तो बनाउँदा शिक्षा क्षेत्रले दुर्गति भोग्नुपरेको बिचार राख्दै विश्व बैङ्कजस्ता साम्राज्यवादी हतियारको प्रभावमा परेर नेपालमा शिक्षामा नवउदारवादी नीति लागू गरिएको उल्लेख गर्नुभयो । उहाँले ‘लेक्चर’ गर्ने परम्परागत शिक्षण विधि उपयुक्त नभएको तर्क गर्दै भन्नुभयो, ‘लेक्चर’ विधिले शिक्षक सक्रिय हुने तर विद्यार्थी निस्कृय हुने भन्दै विद्यार्थी र शिक्षक बीच संवादको आवश्यकता रहेको धारणा राख्नुभयो ।

कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयको मानविकि सङ्कायका पूर्व डीन पीताम्बर ढकालले नेहरू नीतिअनुरूप सिक्किम, भुटान, नेपाल, तिब्बत र जम्मुकश्मिरलाई पाच औंलाको रूपमा लिई आफ्नो बनाउने योजना बनाएको भन्दै लिम्पियाधुरासमेत नेपालको हु“दाहु“दै पनि नेपालले नक्शासमेत बनाउन नसक्नु दुःखद भएको बिचार राख्नुभयो । उहा“ले भारतले नेपालको भूभाग आफ्नो बनाई तयार गरेको नक्शा नेपाली सावैभौमिकतामाथिको आक्रमण भएको धारणा प्रस्तुत गर्नु भयो ।

मध्यपश्चिमाञ्चल विविको मानविकी सङ्कायका सहायक डीन उपप्राध्यापक कमलेश डीसीले प्राध्यापकहरूले प्राज्ञिक काम गर्नु स¥हानीय भएका बिचार राख्नुभयो । डा. दिपक गौतमले प्राज्ञिक व्यक्तिहरूले सत्यतथ्य जनतासमक्ष राख्नुपर्ने बिचारमा सहमति राख्दै नेपालको समृद्धिको बाधक भारतीय एकाधिकार पुँजी भएको धारणा राख्नुभयो ।
मध्यपश्चिम विविको विज्ञान सङ्कायका उपप्राध्यपक पुष्पराज आचार्यले परीक्षा र रुटिनमा व्यस्त हु“दा शिक्षकले ज्ञान दिन छुटाएको हो कि भन्ने टिप्पणी गर्नुभयो । कार्यक्रममा नेमकिपा सुर्खेतका सचिव धनेन्द्र विकले विश्वविद्यालयहरूमा राजनीतिक भागवण्डाको अन्त हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापामगरले विश्वविद्यालयको गुणस्तरको निम्ति आफ्नो मान्छे भर्ति गर्न रोक्नुपर्छ भन्नुभयो । नेप्रास मप विश्वविद्यालयका अध्यक्ष शारदा पौडेलको सभापतित्वमा भएको कार्यक्रममा ऐनबहादुर शाही, गोविन्द योगी, देवीराम थापा, विद्यार्थी शान्ति अधिकारीले आफ्नो बिचार राख्नुभएको थियो ।




प्रतिकृया