लागूऔषध सहित दुई जना पक्राउ
प्रकाशित मिति
२०७६ कार्तिक २९ गते, शुक्रबार ०२:५०
काठमाडौं, विभिन्न स्थानबाट लागूऔष्ध सहित दुई जना पक्राउ परेका छन् । प्रकाउ पर्नेमा लक्ष्मिनिया गाउँपालिका–१ सोहनी बस्ने २० वर्षीय बिपिन यादव र धनगढीमाई नगरपालिका–१४ खुट्टी बस्ने ५० वर्षीय राम बहादुर तामाङ रहेका छन् ।
यादवलाई नियन्त्रित लागूऔषध नाईट्राभेट १२ ट्याबलेट, स्पासमो प्रिभोन ३ ट्याबलेट, नाईट्रोसन ७ ट्याबलेट र करिब ५० ग्राम अवैध लागूऔषध गाँजा सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लक्ष्मिनियाबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यसैगरी तामाङलाई लक्ष्मिपुर पतारी गाउँपालिका–५ पछगाँडाबाट अवैध लागूऔषध गाँजा करिब ३० केजी सहित बिहीबार प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुरपतारबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।





प्रतिकृया