• ४ साउन २०८३, सोमबार
  • ७:०६ बेलुका

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ कार्तिक २४ गते, आईतवार ०१:३५

भक्तपुर, चाँगुनारायण–९ ताथली स्थिति नालीमा खसेर मोटरसाइकल दुर्घटना भएको छ । काभ्रेपलाञ्चोकको नालाबाट च्यामासिंहतर्फ आउँदै गरेको बा६६प ७४७४ नंको मोटरसाइकल अनियन्त्रित दुर्घटना भएको हो ।

मोटरसाइकल दुर्घटना हुँदा ४६ वर्षीय चालक छवि भण्डारीको मृत्यु भएको छ । उनको उपचारका क्रममा भक्तपुर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता रेवतीरमण पोखरेलले जानकारी दिए ।

Kamana Sewa

प्रतिकृया