• २ असोज २०८३, शुक्रबार
  • ३ः०९ दिउँसो

नवनियुक्त प्रदेश प्रमुखद्धारा पद तथा गोपियताको शपथ ग्रहण

प्रकाशित मिति

२०७६ कार्तिक १९ गते, मंगलवार १०:५५

काठमाडौँ, सातै प्रदेशका नवनियुक्त प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपियताको शपथ ग्रहण गराउनु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित एक विशेष कार्यक्रममा उहाँले शपथ ग्रहण गराउनु भएको हो । समारोहमा उपराष्ट्रपति नन्दकिशोर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष लगायतका विशिष्ठ व्यक्तिको सहभागीता रहेको थियो ।

National Life

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सिफारिस गरेका प्रदेश प्रमुखहरुलाई राष्ट्रपति भण्डारीले संविधानको धारा १६३ को उपधारा २ बमोजिम नियुक्त गर्नुभएको थियो । प्रदेश १मा सोमनाथ अधिकारी प्यासी, प्रदेश २ मा तिलक परियार, प्रदेश ३ मा विष्णु प्रसाई, गण्डकी प्रदेशममा अमिक शेरचन,प्रदेश ५ मा धर्मनाथ यादव, कर्णली प्रदेशमाम गोविन्द कनौली र सुदुरपश्चिम प्रदेशमा शर्मिलादेवी पन्त नियुक्त हुनुभएको छ ।

प्रतिकृया