• ३ असोज २०८३, शनिबार
  • ८ः३७ राती

बसलाई पछाडीबाट ठक्कर दिदा ९ जना घाइते

प्रकाशित मिति

२०७६ कार्तिक १९ गते, मंगलवार ११:३२

भक्तपुर, सुर्यविनायक नगरपालिका–९ बाँसघारीमा साँगाबाट जगाती तर्फ आउदै गरेको बसले सोही दिशाबाट आउदै गरेको बसलाई पछाडीबाट ठक्कर दिदा ९ जना यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

National Life

सुर्यविनायक नगरपालिका–९ बाँसघारीमा साँगाबाट जगाती तर्फ आउदै गरेको बा.३ ख. ९२७९ नम्वरको बसले सोही दिशा तर्फबाट आउदै गरेको बा.२ख.३०६५ नम्बरको बसलाई पछाडीबाट ठक्कर दिदा दुबै बसका ९ जना सवार यात्रु घाइते भएका हुन् । घाईते भएका यात्रुहरुको उपचार डा.इवामुरा अस्पतालमा भइरहेको, हाल सामान्य अवस्था रहेको सूचना अधिकृत प्रहरी नायब उपरिक्षक रेबति रमण पोखरेलले जनाकारी दिनुभयो । ।

प्रहरी टोली खटी गई प्रारम्भिक अनुसन्धान गरिएको । दुबै सवारीसाधन र बस चालकहरु महानगरीय प्रहरी वृत्त जगातीको नियन्त्रणमा रहेको र उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया