• ४ साउन २०८३, सोमबार
  • ७:२३ बेलुका

अर्थमन्त्री डा.खतिवडा र मन्त्री उल्स्तेनबीच भेटवार्ता

प्रकाशित मिति

२०७६ कार्तिक १९ गते, मंगलवार ११:५०

काठमाडौँ, अर्थमन्त्री डा. युवराज खतिवडा र नर्वेजियन अन्तर्राष्ट्रिय विकास मन्त्री उल्स्तेनबीच भएको शिष्टाचार भेटवार्ता भएको छ ।नर्वेली अन्तर्राष्ट्रिय विकास मन्त्री ड्याग इ उल्स्तेनले नेपालको संघीयता कार्यान्वयनमा सहयोग पुर्‍याउने प्रतिवद्धता जनाउनुभएको छ ।

संघीय तथा स्थानीय सुशासन सहयोग कार्यक्रम (पीएलजिएसपी) संचालन गर्नको लागि वित्तीय सम्झौतामा हस्ताक्षर भएकोमा खुसी व्यक्त गरेका उहाँले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) परिचालन गर्नको लागि दोस्रो चरणको सुधार सम्बन्धमा चासो व्यक्त गरेको अर्थमन्त्रालयले जनाएको छ । भेटमा अर्थमन्त्री डा. खतिवडाले नेपाल संघीयताको अभ्यासमै रहेको भन्दै स्थानीय तहको क्षमता र विकासमा सहयोग गर्न आग्रह गर्नुभयो ।

Kamana Sewa

मन्त्री डा. खतिवडा एफडीआई परिचालनमा दोस्रोचरणको सुधार कार्ययोजना, व्यापार घाटा सन्तुलन गर्ने प्रयास, अर्को वर्ष देखि विद्युत आयातलाई शून्यमा झार्ने प्रयास भईरहेको जानकारी गराउनुभयो । सोमबार नै एडिबी र नर्वे सरकारबीच उर्जा क्षेत्रमा सहवित्तीयकरणको लागि सम्झौता गरेको छ । प्रदेश तथा स्थानीय तह शासकीय सुधार सहयोग कार्यक्रम अन्तर्गत संयुक्त वित्त सम्झौतामा एक सय मिलियन डलरमा हस्ताक्षर भएको थियो भने हाल नर्वे र नेपाल सरकारबीच द्विपक्षीय वित्तीय सम्झौतामा हस्ताक्षर भएको हो ।

Classic Tech Desktop

२० करोड डलर मध्ये दुई करोड डलर नर्वे सरकारको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव राजन खनाल र नेपालस्थित नर्वेली राजदूत लास्से जोर्न जोहानेसेंले हस्ताक्षर गर्नुभयो ।

प्रतिकृया