• २२ भदौ २०८३, सोमबार
  • १०ः२५ बिहान

मौसमविद् भन्छन्ः दिल्लीको धूलो काठमाडौं आउँदैन

प्रकाशित मिति

२०७६ कार्तिक १८ गते, सोमबार ०९:१२

काठमाडौं, प्रदूषणका कारण भारतको नयाँदिल्ली र आसपास क्षेत्रको आकाश दुई दिनदेखि धुम्मिएको छ । विषाक्त वायु फैलिएको भन्दै भारत सरकारले विद्यालय बन्द गर्नुका साथै लाखौंको संख्यामा मास्क वितरण गरेको छ ।

National Life

त्यही विषाक्त वायुको प्रभाव नेपालसम्मै पर्न सक्ने हल्ला चलिरहेका बेला नेपालका मौसमविद्ले अहिल्यै दिल्लीको असर यहाँसम्म नआउने बताएका छन् । ‘पश्चिम वायुको प्रभाव भारतको उत्तर–पश्चिम भूभागको लिपुलेक हुँदै नेपालको पश्चिम भूभागतिर पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए । तर विषाक्त वायु फैलिएको भारतको नयाँदिल्ली नेपालबाट दक्षिण–पश्चिममा पर्छ ।

शनिबारको तुलनामा आइतबार बिहानैदेखि नेपालको आकाश पनि धुम्मिएको छ । त्यसैले बदली भएको हो । बादल लागेकाले राजधानीवासीले समेत चिसोको अनुभव गरे । ‘पश्चिमी वायुको सामान्य प्रभावले नेपालमा बदली भएको ह ।’ भारतको जम्मु–कश्मीर हुँदै भित्रिएको पश्चिमी वायुको प्रभावले पश्चिमी उच्च भागमा सामान्य हिमपात र छिटफुट वर्षा हुने सम्भावना छ । कान्तिपुर दैनिकबाट साभार

Classic Tech Desktop

प्रतिकृया