लागूऔषधसहित ४ जना पक्राउ
प्रकाशित मिति
२०७६ कार्तिक १७ गते, आईतवार ०१:२८
काठमाडौं, नवलपरासी–८ खरकट्टा र पोखरा महानगरपालिका–१२ चापापानीबाट ४ जना लागूऔषधसहित पक्राउ परेका छन् ।

नवलपरासी (पूर्व) कावासोती नगरपालिका–८ खरकट्टा जंगलस्थित राजमार्गबाट नियन्त्रित लागूऔषध नुर्फिन १ सय ४३ एम्पुल, फेनरागन १ सय ४३ एम्पुल र डाइजेपाम १ सय ४३ एम्पुल सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय सन्तोष खड्का र सोही ठाउँ बस्ने २४ वर्षीय सरोज सिंखडा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले ना.९ प ९४२७ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरुको साथमा उक्त लागूऔषध फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

त्यसैगरी पोखरा महानगरपालिका–१२ चापापानी बस्ने २७ वर्षीय नबराज गुरुङ र सोही ठाउँ भद्रकाली बस्ने २४ वर्षीय पुकार गुरुङलाई नियन्त्रित लागूऔषध डाईजेपाम ६ एम्पुल, फेनरागन ६ एम्पुल, नुर्फिन ६ एम्पुल, नगद १४ हजार ५ सय ५० रुपैयाँ र मोबाइल १ थान सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीले सोही महानगरपालिका चाउथेस्थित धुब्रतारा होटलको कोठामा उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान भैरहेको छ ।



प्रतिकृया