• २२ भदौ २०८३, सोमबार
  • ९ः५८ राती

निवर्तमान सभामुख महराको थुनछेक बहस आज

प्रकाशित मिति

२०७६ कार्तिक १७ गते, आईतवार ११:५८

काठमाडौं, निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक बहस आज हुँदैछ । आफ्नै कार्यालयकी कर्मचारीलाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख महराको थुनछेक बहस आज हुने भएको हो । काठमाडौं जिल्ला अदालतमा गएको शुक्रबार बयान सकिए पनि शनिबार परेकाले थुनछेक बहस आज आइतबार मात्र हुन लागेको हो ।

National Life

महरालाई बिहान १० बजे नै अदालतमा उपस्थित गराउने तयारी भएको थियो । थुनछेक बहस सकिएपछि महरालाई तारिखमा वा धरौटीमा रिहा गर्ने वा पूर्पक्षका लागि थुनामा राख्ने भन्ने फैसला अदालतले गर्नेछ । गत शुक्रबार जिल्ला अदालत, काठमाडौंमा न्यायाधीश सुदर्शनराज पाण्डेको बन्द इजलासभित्र महराको बयान लिइएपनि समय नहुँदा थुनछेक बहस हुन सकेको थिएन । आइतबार पुनः अदालतमा महराको थुनछेक बहस हुदैछ ।

प्रतिकृया