• २ असोज २०८३, शुक्रबार
  • ६ः४६ बेलुका

आज शुक्रबार सुनचाँदीको मुल्य

प्रकाशित मिति

२०७६ कार्तिक ८ गते, शुक्रबार १२:१०

काठमाडौंः आज सुनचाँदीको मूल्य बढेको छ । बिहीबारको तुलनामा शुक्रबार बजारमा सुन ६ सय र चाँदी १० रुपैयाँले बढेको हो ।

National Life

बिहीबार प्रतितोला ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । केही दिनदेखि स्थिर रहेको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया