• ३१ भदौ २०८३, बुधबार
  • १०ः१० राती

मैले पार्टीको हर तहको जिम्मेवारी पुरा गरेकोले टिकट पाउनु पर्छ भन्ने दाबी हो : किरण न्यौपाने

प्रकाशित मिति

२०७६ कार्तिक ७ गते, बिहीबार ०६:०२

(किरण न्यौपाने, सह–सचिव, नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुर)

National Life

नेपाल बार एसोसियसन भक्तपुरका सचिवको भूमिका निर्वाह गरी सक्नु भएका किरण न्यौपाने हाल नेपाली कांग्रेस जिल्ला कार्य समिति भक्तपुरका सह–सचिव हुनुहुन्छ । आसन्न प्रदेश उपनिर्वाचनको लागि भक्तपुर प्रदेश नम्बर १ ‘क’ मा उम्मेद्धारीका लागि तैयारीमा हुनुहुन्छ । निर्वाचनको विषयवस्तु, पार्टीका तैयारी र निर्वाचनका लागि उहाँको तैयारी सन्दर्भमा न्यौपानेसंग मातृभूमि न्युज डटकमका बन्दना खड्काले लिनुभएको अन्र्तवार्ताः

तपाई कैले देखि राजनीति र कानुन क्षेत्रमा लाग्नु भयो ?

Classic Tech Mobile
Classic Tech Desktop

म नेपाली कांग्रेसमा २०४६ सालको आन्दोलन पश्चात २०४७ सालमा लोकतन्त्र, प्रजातन्त्र आइ सके पछि लागेको हुँ । कक्षा १० मा अध्ययन गर्दै म नेपाल विद्यार्थी संघको सदस्य भएर त्यहाँबाट विद्यार्थी आन्दोलन र विद्यार्थी राजनितिमा सक्रिय भएँ । विद्यार्थी आन्दोलनका क्रममा नेपाल विद्यार्थी संघको वडा कमिटी,गाउँ समिति सचिब, गाउँको सभापति, क्षेत्रिय कार्य समितिको सचिब, जिल्ला कार्य समितिको सदस्य, अध्यक्ष,सह–सचिव, उपाध्यक्ष भएर जिल्ला अध्यक्ष हुदै २०६१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रिय सदस्य भए । त्यसै गरी पार्टीको वडा कमिटिको संयोजक, गाउँ कमिटिको सचिब, गाउँ कार्य कमिटिको कार्यवाहक सभापति, क्षेत्रिय सचिब, क्षेत्रिय उप–सभापति हुदै अहिले जिल्ला कार्यसमितिको सह–सचिबमा कार्यरत छु ।

तपाई प्रदेश सभा उपनिर्वाचनमा उठ्ने चर्चा छ नि, साच्चै हो ?

मुख्यरुपमा चाहना नभई चर्चामा आउदैन, भक्तपुर प्रदेश नम्बर १ को ‘क’ प्रदेशका निर्वाचित प्रतिनिधिको दुखद् निधन पश्चात खाली भएको सो क्षेत्रमा मैलै नेपाली कांग्रेसबाट योग्य उम्मेद्धार र युवाहरुले मागे जस्तो नेतृत्वा दिन सक्छु भनेर उम्मेद्धारीको घोषणा गरेको छु ।

तर थुप्रै आकांक्षी माझ तपाई नै टिकट पाउने आधार के ?

म नेपाली कांग्रेसमा लामो अवधी २५–२६ वर्ष सम्म अनवरतरुपमा लागी परेको छु । मैले नेपाली कांग्रेसको तर्फबाट सैद्धान्तिक रुपमा, बौद्धिक रुपमा अथवा गर्नु पर्ने सम्पुर्ण कुरामा सधै लागी रहेको छु । २०५६ सालको निर्वाचन, २०६४ सालको निर्वाचन,२०७० सालको निर्वाचनमा निर्वाचन प्रतिनिधि लगायत नगर निर्वाचनमा मैले निर्वाचन प्रतिनिधि भएर उम्मेद्धारलाई सहयोग गरे ।त्यसै गरी प्रदेश सभा निर्वाचनमा पनि मैले सहयोग गरे यसरी मैले हर तहको जिम्मेबारी पुरा गरेकोले मैले टिकट पाउनु पर्छ । पार्टीले मलाई पक्कै पनि न्याय गर्ने छ ।

अरुले टिकट पाए भने नि ?

म पार्टीको इमानदार कार्यकर्ता भएकाले पार्टीले निर्णाय गरेको उम्मेद्धार संगै घरदैलो कार्यक्रम लगायत सम्पुर्ण कुरामा सहयोग गर्न तैयार छु । अरु नै उम्मेद्धार भए भनेर निरास हुने छैन ।

नेकपाले जितेको स्थानमा अब कांग्रेसले जित्ला र ?

नेकपाले जितेको क्षेत्र निश्चित हो तर नेकपाको दूई तिहाइको दम्ब सँगसंगै हामी बाहेक अरु कोही छैन भन्ने जुन किसिमको घमण्ड पलाएको छ र हामीले मिडियामा देखि रहेका छौ नेकपाका नेताहरु, केन्द्रिय नेताहरुका विभिन्न गतिविधिहरु उहाँहरुले लिनु भएका नीतिका कारणबाट जनता आक्रान्त छन् । मैले उम्मेद्धारी लिने क्षेत्रमा नेकपाले जितेकाले कर वृद्धि लगायत त्यहाँको अव्यवस्थाले नयाँ आवाज बोकेको युवा नेतृत्व खोजेको छ ,जसका लागि आफुलाई योग्य ठानेको छु ।

तपाई त पार्टी सहसचिव पनि, कांग्रेस निर्वाचनको तयारी कसरी गर्दै छ ?

जिल्ला कार्य समितिको बैठक बसी उम्मेद्धारहरुलाई केन्द्रमा सिफारीस गर्ने निर्णय भएको छ । नौ ओटै वडामा सभापतिको चयन गरेका छौ । नयाँ वडा कार्य समितिको गठन गरेका छौ ,यसरी हामी निर्वाचनका लागि तैयारीमा छौ र सम्पुर्ण गतिविधिलाई निर्वाचन केन्द्रित बनाएका छौ ।

तपाई कानुन व्यवसायी कि नेता ?

म कानुन व्यवसायी र नेता दुबै हुँ । राजनितिमा लागेका राजनीतिकर्ताले कुनै व्यवसाय गर्नु हुदैन भन्ने मान्यतामा असहमत छु किनकी राजनीतिकर्ताले आफ्नो आयआर्जन पेसाबाट गर्नु पर्छ र राजनीतिलाई समाजसेवामा लिनु पर्छ भन्ने मेरो मान्यता छ ।

थुप्रै आकांक्षी छन् , टिकट पाउने त एक जनाले हो ? आफुले टिकट नपाए पछि अरुलाई हराउन लाग्ने कांग्रेस भित्र रोगै छ भनिन्छ ? यो अवस्थाबाट कसरी पार्टी मुक्ति पाउला?

सबैले डर मानेको विषय आफुले उम्मेदद्धारी नपाए पछि अरुलाई हराउन लाग्ने कांग्रेस भित्र जुन समस्या छ ,यो पटक भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को ‘क’ को निर्वाचनमा त्यो समस्या हुन दिंदैनाँै । हामी बैठक बसी प्रतिबद्धता गरेका छौ, की जति जनाले उम्मेद्धारी पाए पनि नेपाली कांग्रेसलाई विजय गराउनका निम्ति हामी सम्पुर्णले एकअर्कालाई सहयोग गर्ने छौ ।

यहाँ कांग्रेसले अब जित्ने आधार के ?

अब कांग्रेस नै विकल्प हो ,किनकी नेकपा एमाले र ए.नेकपा मओबादी एकता भएर बनेको नेकपा पार्टीको कुनै सैद्धान्तिक एकता होइन भनेर जनताले बुझेका छन् । त्यो एकता चुनावी तालमेलमा कांग्रेसलाई कसरी पछार्न सकिन्छ भनेर रणनीतिगत एकता मात्र हो । तसर्थ जनताले सैद्धान्तिक एकता खोजेका हुन् । नेकपाको स्थानीय सरकारले जनतालाई सैद्धान्तिक एकता दिन नसकेकाले अब विकल्पका रुपमा लोकतन्त्रीक पार्टी नेपाली कांग्रेस बाहेक अरु पार्टी होइन भनेर १ नम्वर क्षेत्रका जनताले राम्रो संग बुझेका छन् ।

आफुलाई सर्वसम्मत बनाउन पार्टी र आकांक्षीबीच कास्तो तालमेल गर्नुभएको छ ?

नेपाली कांग्रेसका अग्रज नेताहरुका आर्शिवाद २०४७ सालदेखि लागेपछि प्रत्येक पटकको निर्वाचनमा अग्रजहरु आउनु हुन्थ्यौ उहाँहरुको मैलै सधै सम्मान गरे । अझै पनि अग्रजहरुको आशिर्वाद र संगैका साथीहरुलाई लिएर यो निर्वाचनलाई नेपाली कांग्रेसको पक्षमा कसरी ल्याउन सकिन्छ लागी पर्ने छौ र म सधै उम्मेद्धार साथीको पक्षमा लागेकोले मैलै उम्मेद्धारी पाएमा साथीहरु मेरै पक्षमा लाग्नु हुन्छ ।

पार्टीलाई मज्बुद बनाउन के–के कार्यहरु गर्नु भएको छ ?

पार्टीलाई मज्बुद बनाउन हामीले नीतिगत रुपमा सबै संरचनाहरुलाई व्यवस्थापन गरेका छौ । बर्षौ देखि गर्दै आएको चियापन कार्यक्रम आउँदो १२ गते भक्तपुरमा गर्दै छौ त्यसलाई पनि हामीले निर्वाचनलाई केन्द्रित गरेका छौ । भक्तपुरका ४ ओटै वडामा नेपाली कांग्रेस जागरण अभियान गरेका छौ ,यसले जनतामा एकदमै उत्साह ल्याएको छ ।

प्रतिकृया