• १७:४७ २०८० चैत्र १६ गते
  • 5:47 pm

छोरी भएर जन्मनु नै चुनौती रहेछ : अध्यक्ष आयुसा जोन्छे

प्रकाशित मिति

२०७६ कार्तिक ७ गते, बिहीबार ०५:३७

सेवा नै धर्म हो सेवा द्धारा धर्म कमाउने उदेश्यले आज भोली मानिसहरु विभिन्न संघ संस्थाहरुमा आवद्ध हुने गर्दछन । यस्ता थुपै सेवा द्धारा धर्म कमाउने अभिप्रायले खोलेका संघ संस्थाहरु कति माथि पुगेका छन भने अन्य संघ संस्थाहरु जुन आफ्रनो उदेश्यमा पुग्न नसकेर ओझोलमा परेका छन ।

असहाय,अनाथ ,वेवारीसे ,जो खान नपाएर भोक भोकै सडकमा बसेका छन त्यस्ता मानिसहरुको संरक्षण गर्ने लक्ष्य लिएर खोलिएको संस्था हो फिड नेपाल । जुन संस्थाको नेतृत्व भक्तपुर निवासी आयुसा जोन्छेले गर्नु भएको छ ।
यसै सन्र्दभमा फिड नेपालकी अध्यक्ष आयुसा जोन्छेसंग बन्दना खड्काले लिएको अन्र्तवार्ता

यो संस्था कति सालमा स्थापना गर्नु भएको हो?
२०७३ सालमा स्थापना भएको हो । स्थापना कालदेखी नै हामी निरन्तर काम गदै आईरहेका छौ ।

फिड नेपाल संस्था स्थापना गर्नुको मुख्य कारण के हो ?

संस्था स्थापना गर्नूको मुख्य उदेश्य समाजमा रहेका बालबालिकाहरु जो असहाय ,असक्त बालबालिकाहरुलाई मार्ग निर्देशन दिनु र बालबालिकाहरुले चाहेको कुरा प्राप्त गर्न सकुन भन्ने हो । त्यति मात्र नभई बालबालिकाहरु शिक्षा बाट बन्चित हुन नपरोस राम्रो शिक्षा हासिल गरुन भन्ने हाम्रो उदेश्य हो ।

फिड नेपाल संस्थामा कस्ता कस्ता बालबालिकाहरु आवद्ध भएका छन् ?

फिड नेपाल संस्था अनाथहरुको लागी मात्रैे नभई बिपन्न वर्गको परिवार जो ज्याला मजदुरु गरेर आफ्नो छाक टार्न गाहे छ उनीहरु आफ्नो सन्तानलाई शिक्षा दिन सक्दैनन फिड नेपाल संस्थाले यस्तै बिपन्न वर्ग जस्को आर्थिक अवस्था कमजोर छ सबै चेक जाच गरेर हामी सहयोग गछौ बिशेषगरी बिपन्न र अनाथ बालबालिकाहरु आवद्ध छन ।

फिड नेपाल संस्थाको नेतृत्व गर्नु भएको छ, यो संस्था खोल्ने भावना कसरी जागृत भयो?

म शिक्षण पेशाको मान्छे मेरो पढाई पनि एजुकेसन नै हो । सानै देखी शिक्षक बन्ने चाहाना थियो जव २०७२ सालमा भुकम्प गयो मानविय संस्था नेपालमा पहिलो कार्यलय सचिव भएर काम गरे जस्को संरक्षक माननीय सांसद महेस बस्नेत हुनुहुन्थो काम गर्ने क्रममा म फिल्डमा उत्रिए। समाजले पाएको पिडा दुख देखे मलाई लाग्थ्यो भक्तपुर विकसित क्षेत्र हो तर यहा यस्ता बिपन्न वर्गको मानिसहरुलाई देख्दा धेरै पिडा म आफैलाई भयो । हाम्रो समाजमा यस्ता मानिसहरु रहेछन तिनिहरुलाई हाम्रो आवश्यता रहेछ भुकम्पले डराएका बालबालिकाहरु गाडीको आवाज सुन्दा पनि डराएर काम्ने वातावरण देखे पछी यो कार्यलाई निरन्तनरता दिन्छु यहि पेशामा लाग्छु भन्ने सोच आयो । शिक्षण पेशाल ेनै राम्रो गर्न सकिन्थ्यो। बिद्यालयको नीति नियमले बाधिने भएकाले त्यो नियम भन्दा माथि उठेर बालबालिकालाई केही गर्नु पर्छ भन्ने सोच आयो र फिल्डमा उत्रिए ,संस्था खोले र काम सूरु गरे ।

यो फिड नेपाल संस्थाले के कस्ता सामाजिक कामहरु गदै आईरहेको छ ?

हाम्रो संस्थाको मुख्य काम भनेको हामी मुटु लिएर हिड्छौ, कति बालबालिकाहरु ईटा भट्टा ,होटल र बाटोमा फोहोर टिप्ने काम गरेको देखे र उनीहरुलाई सोधे स्कुल जान मन लाग्दैन ? जवाफ यस्तो आउथ्यो मन त लाग्छ तर स्कुल गए खाना खान पाइदैन । हाम्रो उपलव्धी भनेकै यस्ता बालबालिकाको संरक्षण गर्नु हो जस्ले शिक्षाको लागी आफ्नो पेट भोकै राख्र्नु नपरोस भन्ने उदेश्यले हामीले बर्षको एक पटक बालबालिकाहरुलाई शिक्षा तर्फ उन्मुख हुनको लागी सम्मान गर्ने गछौ जेष्ठ नागरिकलाई सम्मान गछौ हाम्रो मुख्य उदेश्य भनेको बालबालिकाको शिक्षा र स्वास्थ हो ।

आर्थिक पक्षको व्यवस्थापन कसरी गर्नु भएको छ ?

म एकदमै निम्न वर्गको मान्छे मेरो घरबाट पैसा लेराएर काम गर्ने अवस्था छैन दैनिक कमाएर खानुपर्नै अवस्था थियो ।मैले एक बर्ष मानविय संस्था नेपालमा काम गरे जव भुकम्प गयो नेपालमा त्यति खेर हाम्रो संस्थालाई सहयोग गर्न दिल्लीबाट मेथियु जि आउनु भएको थियो उहासंग काम गदै जादा उहाले मलाईृ अफर दिनु भयो मलाई नेपालमा काम गर्न मन छ तर मैले गर्न मिल्दैन म सहयोग गर्छु तिमी छुटै संस्था दर्ता गर तिम्रो काम गर्ने शैली मेहनत मलाई मन पर्यो। म कोठा भाडा एक जना स्टाफ खर्च दिन्छु तिमी काम गर भन्ने अफर पाए ति बालबालिकाहरुको लागी नै संस्था दर्ता गरे राम्रो काम गदै गए राम्रो काम गर्नेलाई भगवानले पनि साथ दिन्छन भन्थे हो रहेछ सबैको साथ सहयोग मिल्यो । फेसबुकमा ध्च्च् को साथीहरु हुनुहुन्छ कहिले उहाहरुले सहयोग गर्नु हुन्छ । संस्था दर्ता भएपछी कोठा खाली नै भयो हामीले बालबालिकाहरुलाइ निशुल्क टिउसन पढाउनको लागी कोठा प्रयोग गर्यौ यसरी हामी काम गदै आएका छौ ।

यो फिड नेपाल संस्था भक्तपुरमा मात्रै छ कि यस्को कार्य क्षेत्र अन्त पनि रहेको छ ?
हाम्रो कार्य क्षेत्रचाही नेपाल भर राख्ने सोेच छ, सबैतिर फैलिने हो । यो संस्थाको फाण्उडर मेृथियु जी विगतको पन्ध्र वर्ष देखी नेपालमा काम गदै आउनुभएको छ, हालै मात्र देखा पर्न थाल्नु भएका हो । बिगका दिन देखी नै झापा काक्ड भित्तामा यस्को कार्य क्षेत्र छ । म अध्यक्ष भएपछी बनेपा काभ्रे तिमालमा पनि शाखा छ हामी फिजिन खोजी रहेका छौ ।

सामाजिक काम गर्न गाह्रो छ विशेष गरी नारीहरुलाई, सामाजिक काम गर्दा के कस्ता चुनौतीको सामना गर्नु भयो ?

चुनौती धेरै आए । छोरी भएर जन्मनु नै चुनौती रहेछ । सामाजिक काम भनेर १० बजेदेखी ५ बजेसम्म मात्र काम गर्छु भनेर हुदैन। म भाग्यमानी यसमा छु कि मलाई मेरो घर परिवारले साथ दिनु भएको छ । कठिनाई छ मात्रै पनि म भन्दिन र हुदै नभाको पनि होइन ।

सरकारले यस्ता गैरसरकारी संस्थाहरुलाई कडाई गरेको छ नि, यस्को असर तपाईको संस्थालाई परेको छ कि छैन?

सरकारले जुन ट्याक्स भ्याट बिलको सिस्टम ल्याएको छ मैलै स्टाफ नै भनेर राखेका छैन छ जनाले ३०० जना बिद्यार्थीलाई हेरेका छौ । तलव भनेर खुवाको छैन, २ वर्ष निशुल्क सेवा उहाहरुले गर्नू भयो । सानो सानो कुराको बिल चाहिने हुदा गाहा्े नै भएको छ ।

६ जना कर्मचारीहरुले सरकारले तोके बमोजिमको सेवा सुविधा प्राप्त गर्नु भएको छ कि छैन ?

म धेरै भाग्य मानि छु मैले धेरै राम्रो टिम पाएको छु । उहाहरु आफुले गरी रहेको काम छोडेर मेरो साथमा काम गर्न आउनु भएको छ । खटिएको आधारमा दिनु पर्ने तलव नै दिन सकेको छैन ।इन्डिया बाट सहयोग हुन्छ एकजनाको तलवले तिन जनालाई बाढ्छु सरकारी सेवा सुविधा परको कुरा हो । तिन बर्ष हामीलाई कसैले नचिने पनि मेरो सेवा सबै ठाउमा पुग्न सफल भएको छ मेरो टीमले गर्दा ।

फिड नेपाल संस्थाले कति जना बालबालिकाको हेरचाह गरेको छ ?

हाम्रो संस्थाले पुर्ण रुपमा हेरचाह कसैको गर्न सकेको छैन, सपना चाहि यहि हो हाम्रो । सुस्त मनस्थिति भएका बालबालिकाहरु पढेका स्कुलमा गएर समय समयमा खाना खुवाउने, बालबालिका हेरचाह, गर्ने महिनाको एकचोटी गएर तिनिहरुसंग खेल्ने रमाईलो गर्ने स्कुललाई आवस्यक पर्ने स्टेसनरी हामी दिने गर्दछौ । प्रत्येक बर्ष १४० जना बालबालिकाहरुलाई शैक्षिक सामाग्री बितरण गर्ने गरेका छौ तर यस बर्ष अलि गाह्रो भएको छ ।

सरकारी निकायमा जानु भएन सहयोग माग्नको लागि?

मैले सबै ठाउँमा सहयोग मागे इन्डियाबाट सहयोग आउछ भन्ने कुरा आयो त्यहि मानसिकता मानिसहरुमा भएर नकारात्मक सोचका मानिसहरु धेरै भेटिने हुदाँ यो फिल्डमा सहयोग माग्न गाहा्े नै भयो । सहयोगको लागी सरकारी निकाएमा गयो यो फिड नेपाल भनेको संस्था थाहा छैन भन्ने कुरा धेरै आए । सायद प्रचार प्रसार मिडियामा नआएको कारणले गर्दा पनि कोही कसैलाई फिड नेपालको बारेमा थाहा नहुदा हामीले सहयोय त्यति राम्रो संग प्राप्त गर्न सकेनौं ।

सामाजिक कार्य गर्दा कतिको आत्म सन्तुष्टी मिल्दो रहेछ?
धेरै आत्म सन्तुष्टी मिल्दो रहेछ । जति दुख भएपनि फिल्डमा जादा बच्चाहरु आयुसा म्याम भन्दै खुशी भएको देख्दा आरामको निन्द्रा आउछ। लाखौं खर्च गरेर मात्र आत्म सन्तुष्टी मिल्छ भन्ने लाग्दैन ,मिल्छ होला क्षणिक तर हजार मात्र खर्च गरौ तिनिहरुको लागी जो पिडित छन उनीहरुको खुसीमै आत्म सन्तुष्टी मिल्छ ।

अन्तमा सन्देश
खाने कुरा खेर नफालौं जति आफुलाई चाहिने हो त्यति मात्र प्रयोग गरौ । आफ्ना बालबालिकाहरुलाई पनि जति चाहिने हो त्यति मात्र खानेकुरा दिनुहोस् । हामीलाई त यति त हो नी भने जस्तो लाग्छ तर त्यहि खाना धेरै मानिहरुले खान नपाएको अवस्था छ हजारौ खर्च गरेर क्लवमा जन्मदिन मनाउन जाने गछौ बरु त्यस्ता बालबालिकाहरु संग गएर जन्म दिन मनाऔ ।

 

प्रतिकृया