• २६ भदौ २०८३, शुक्रबार
  • ६ः०३ बेलुका

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीद्धारा पद वहाली

प्रकाशित मिति

२०७६ आश्विन १० गते, शुक्रबार ११:३६

काठमाडौं, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका नवनिर्वाचित पदाधिकारीहरुले पद वहाली गरेका छन् । बिहीबार संघको बत्तिसपुतलीस्थित कार्यालयमा निवर्तमान अध्यक्ष रोहन गुरुङले नवनिर्वाचित अध्यक्ष विष्णु प्रसाद गैरेलाई गत कार्यकालको निर्णय पुस्तिका (माईन्युट) तथा महासचिव सुजित श्रेष्ठलाई नयाँ निर्णय पुस्तिका हस्तान्तरण गरेर जिम्मेवारी हस्तान्तरण गर्नुभयो । गुरुङ २०७४ साल असार ३० गतेदेखि २७ महिना संघको नेतृत्वमा रहनुभएको थियो ।

National Life

त्यस अवसरमा निवर्तमान अध्यक्ष गुरुङले वैदेशिक रोजगारका क्षेत्रमा अन्य धेरै समस्याहरु रहेको भएपनि सेवा शुल्कको विषय प्रमुख रहेकाले उक्त विषयमा आफुले मन्त्रालय समक्ष गरेका प्रयत्नहरुमा नवनिर्वाचित कार्यसमितिलाई सहयोग आवश्यक भए सहयोग गर्न आफु तयार रहेको बताउनुभयो ।

संघको विधान अनुसार कार्यसमितिको निवर्तमान अध्यक्ष संघको पदेन सल्लाहकार रहने व्यवस्था रहेको छ । त्यस अवसरमा उहाँले संघका कोषाध्यक्ष लगायतका पदाधिकारी अध्यक्षप्रति उत्तरदायी र जवाफदेही बनेमा काम गर्न सजिलो हुने अनुभव सुनाउँदै कार्यसमितिको सफलताका लागि कार्यसमिति एक हुनुपर्ने धराणा राख्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

पदवहालीपछि संक्षिप्त मन्तव्य राख्दै नवनिर्वाचित अध्यक्ष गैरेले सम्पूर्ण वैदेशिक रोजगार व्यवसायीहरु एक ढिक्का नभएसम्म अहिलेको जटिल अवस्थामा परिणाम निकाल्न नसकिने भन्दै निर्वाचनका बेला जुनसुकै प्यानलमा रहेको भएपनि सबैलाई समेटेर लैजान आफु तयार रहेको जानकारी दिनुभयो । निवर्तमान अध्यक्षको अनुभव संघको वर्तमान कार्यसमितिलाई निकै महत्वपूर्ण हुने नवनिर्वाचित अध्यक्ष गैरेको भनाइ थियो ।

संघका पूर्व अध्यक्ष विमल ढकाल र नेपाल वैदेशिक रोजगार व्यवसायी फोरमका पूर्व अध्यक्ष किरण किशोर घिमिरे, फोरमका पूर्व वरिष्ठ उपाध्यक्ष ऋषि शर्मा, पूर्व महासचिव थिर मणि पौडेल, अग्रज व्यवसायी श्याम श्रेष्ठ लगायतका व्यवसायी उपस्थित पदवहाली कार्यक्रममा संघको निर्वाचनबाट प्रथम उपाध्यक्षमा विजयी भएका कमल तामाङ, द्वितीय उपाध्यक्ष कमल देव मल्ल, तृतीय उपाध्यक्ष किशोर कुमार के.सी, महासचिव सुजित श्रेष्ठ, सचिव मेघनाथ भुर्तेल र कोषाध्यक्ष ईन्दीरा गुरुङ सहित कार्यसमित सदस्यहरु कर्णराज कटुवाल, दिनेश कुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्क बहादुर लिम्बु, बिजय लामा, वावुलाल मगर नरेन्द्र, केशवराज न्यौपाने, छविलाल भटराई, जंगबहादुर ईजम र लक्ष्मण पौडेल लगायतका उपस्थिति रहेको थियो ।

प्रतिकृया