• ३० भदौ २०८३, मंगलबार
  • ५ः१६ बेलुका

चलचित्र क्षेत्रमा योगदान दिएका नायक राजेशलाई सम्मान गरिने

प्रकाशित मिति

२०७६ आश्विन ९ गते, बिहीबार ११:५४

साधना कला केन्द्र  र लाइभ नेपालको संयुक्त आयोजनामा “ट्रिब्यूट टू राजेश हमाल” कार्यक्रमको आयोजना हुने भएको छ । तीन दशकदेखि चलचित्र क्षेत्रमा अनवरत रुपमा काम गरेका नायक राजेशलाई उनले दिएको योगदानको कदर गर्दै सम्मान गर्न लागिएको हो । असोज १२ गते एक होटलमा राजेशलाई सम्मान गर्न लागिएको कार्यक्रमको आयोजकले जनाइएको छ ।

National Life

भारतबाट गायिका साधना सरगम र इन्द्रजित मिजार नेपाल आउँदैछन् । कार्यक्रममा विभिन्न सरकारी तथा नीजि संस्थाहरुले पनि राजेशलाई सम्मान गर्ने आयोजकले का जनाइएको छ ।

भारतीय गायिकाहरुसँगै कार्यक्रममा नेपालका गायक–गायिकाहरु आनन्द कार्की, प्रकाश श्रेष्ठ, यम बराल, उमेश पाण्डे, निशान भट्टराई, रामा मण्डल, सुरज कुमार थापा, विश्व नेपाली, संजय तुम्रोक, रुपक डोटेल, सुरेश लामा, बुद्ध लामा, रबि ओड, प्रताप दास, कोमल ओली, देविका बन्दना, रमना श्रेष्ठ, प्राश्ना शाक्य, बानिका प्रधान, मीना निरौला, एनी श्रेष्ठ, गायत्री त्रिपाठी, शिला बिष्ट र हास्यकलाकार सन्दिप क्षेत्री आदिको प्रस्तुती रहनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया