• ३० भदौ २०८३, मंगलबार
  • १०ः५७ बिहान

जनकपुरमा गोली चल्यो : चार जना लुटेरा पक्राउ

प्रकाशित मिति

२०७६ आश्विन ९ गते, बिहीबार १२:१६

जनकपुरधाम, जनकपुरमा प्रहरीले गोली प्रहार गरी ४ जना लुटेरालाई पक्राउ गरेका छन् । जनकपुरधाम २ स्थित जानकी फर्निचरमा लुट्ने क्रममा रहेका उनीहरुले प्रहरीमाथि गोली चलाएर भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको हो ।

National Life

तिनीहरुलाई पक्राउ गर्न वार्निङ फायर गरेपनि तिनीहरु नरोकेपछि ३ राउण्ड गोली चलाएपछि एकजनाको खुट्टामा गोली लागेको धनुषाका प्रहरी उपरीक्षकले जानकारी दिनुभयो । तिनीहरुको साथबाट एउटा कटुवा पेस्तोल र तिन राउण्ड गोली समेत बरामद गरिएको छ।

पक्राउ पर्नेमा भारत विहार सितामढी इसलामपुर बस्ने मोहम्मद इलियाद, सोहि जिल्लाको बरगीनिया बस्ने ओजिर अनसारी र रौतहट ब्रिन्दाबन नगरपालिका रमौली बस्ने गगन पट्टेल तथा रौतहतकै गौर नगरपालिका बस्ने विनोद प्रसाद सिंह छन्।

Classic Tech Mobile
Classic Tech Desktop

घाइते भएको लुटेरालाई अहिले उपचारका लागि जनकपुर अंचल अस्पतालमा राखिएको छ भने घटना सम्बन्धमा थप जानकारीको लागि जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गर्ने भएको छ ।

प्रतिकृया