• २ असोज २०८३, शुक्रबार
  • ३ः०८ दिउँसो

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

प्रकाशित मिति

२०७६ आश्विन ८ गते, बुधबार ०६:१७

धनकुटा, धनकुटामा बिजुलीको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर विद्युत प्राधिकरण धनकुटाका एक कर्मचारीको मृत्यु भएको छ। धनकुटाको साँगुरीगढी गाउँपालिका–९ बेदुवाडाडामा रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लाग्दा विद्युत प्राधिकरण धनकुटाका कर्मचारी धनकुटा नगरपालिका वडा नंं.८ घर भएका ५६ वर्षीय बल बहादुर भण्डारीको मृत्यु भएको हो ।

National Life

ट्रान्सर्फमर मर्मत गर्ने क्रममा बुधबार दिउँसो करिव १ बजे भण्डारीलाई करेन्ट लागेको थियोो। करेन्ट लागेर गम्भीर घाईते भएका उनलाई उपचारका लागि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएको थियो।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया