• २ असोज २०८३, शुक्रबार
  • ११ः०५ बिहान

एमबीबीएस प्रवेश परीक्षाको नतिजा सार्वजनिक

प्रकाशित मिति

२०७६ आश्विन ७ गते, मंगलवार ०८:५०

काठमाडौं, त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षाअन्तर्गत एमबीबीएस तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेका छन्। आज प्रकाशित नतिजाअनुसार त्रिभुवन विश्वविद्यालयतर्फ नवलपरासीका महम्मद नवाज अन्सारी र कैलालीका विशाल मण्डलले सर्वोत्कृष्ट अङ्क अर्थात् ९५ प्राप्ताङ्क ल्याएका छन्।

National Life

यसैगरी काठमाडौं विश्वविद्यालयतर्फ विशाल मण्डल र देवनारायण साहले क्रमशः ९० र ८८ प्राप्ताङ्क ल्याएको नतिजामा उल्लेख छ । चिकित्सा शिक्षातर्फ एमबीबीएसका लागि दुई विश्वविद्यालयले लिएको प्रवेश परीक्षामा करीब १९ हजार विद्यार्थी सहभागी भएकामा आठ हजार ७५६ जना उत्तीर्ण भएका छन्। दुवै विश्वविद्यालयका न्यूनतम् उत्तीर्णाङ्क प्रतिशत ५० रहेको थियो।

ती दुवै विश्वविद्यालयका २२ कलेजमा एमबीबीएस तहको अध्ययन अध्यापन हुने गर्दछ। मन्त्रिपरिषद्को २०७५ असोज २८ गतेको बैठकले चिकित्सा शिक्षाअन्तर्गत स्नातक तहका एमबीबीएस र बीडीएसको शुल्क निर्धारण गरेको थियो। एमबीबीएसका लागि काठमाडौं उपत्यकामा ३८ लाख ५० हजार तथा उपत्यका बाहिर ४२ लाख ४५ हजार र बीडीएस कार्यक्रमका लागि १९ लाख ३२ हजार ६१२ शुल्क निर्धारण गरिएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया