• १९ भदौ २०८३, शुक्रबार
  • ७ः४४ बेलुका

अब भक्तपुरमै बन्ने भयो पाथीभरा वैष्णोदेवीको मन्दिर

प्रकाशित मिति

२०७६ आश्विन ३ गते, शुक्रबार ०२:४६

भक्तपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ । असोज १२ गतेदेखि २१ गतेसम्म सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूको सुब्बा पाखामा शतचण्डी ज्ञान महायज्ञ लगाएर मन्दिरको निर्माण गर्ने तयारी भएको छ । उक्त नवरात्रमा वैष्णोदेवी महोत्सव सञ्चालन गरिने शुक्रवार रफत सञ्चार क्लबमा पत्रकार सम्मेलन गरी जनाइएको छ ।

बहुसांस्कृतिक बहुभाषिक, आधुनिक, वैज्ञानिक गुरुकूल निर्माण सहयोगार्थ श्रीमद्देवी भागवत नवाह शतचण्डी ज्ञान महायज्ञ एवं माता पाथीभरा वैष्णोदेवी महोत्सव नेपालका प्रख्यात १८ पुराण प्रवक्ता श्रद्धेय श्री लक्षण शास्त्रीज्यूको प्रमुख वाचकत्वमा नेपालका राष्ट्रिय कलाकारहरुको समुपस्थितिमा भजन, कीर्तन देवलीला झाँकी तथा गुरूवर्गहरुबाट शतचण्डी पाठपारायण र दैनिकी हवन हुने कार्यक्रम तय भएको पत्रकार सम्मेलनमा मूल व्यवस्थापन समितिका संयोजक अरबिन्द शास्त्रीले जानकारी दिनुभयो ।

Kamana Sewa

भक्तपुरमा पाथीभरा मन्दिरको निर्माणका साथै संस्कृत भाषा सबै जातजातिका साझा भाषा भएको उहाँले स्पष्ट गर्नुभयो । उहाँका अनुसार सोही स्थानमा पाथीभरा मन्दिर निर्माणसँगै श्री द्वारकापुरी दिव्यधाम समेत निर्माण गरिने छ ।
माताको मन्दिर ताप्लेजुङ्गको पाथीभराबाट ल्याइएको २७ फिट अग्लो माताको अस्त्र स्वरुपको त्रिशुल शक्तिको रुपमा गत असार ४ गते सोही स्थानमा पूर्व उद्योग मन्त्री तथा सांसद महेश बस्नेत लगातले शिलन्यास गर्नुभएको थियो ।

Classic Tech Desktop

पत्रकार सम्मेलनमा सूर्यविनायक नगरपालिका वडा नंंं ७ का वडाध्यक्ष रबीन्द्र सापकोटाले गुण्डूमा निर्माण हुने पाथीभरा मन्दिरले सूर्यविनायक नगरपालिकालाई धार्मिक पर्यटकको विकास गर्न सहयोग पुग्ने बताउनु भयो । नगरपालिकाले अहिले धार्मिक पर्यटनको विकासका लागि शिव सक्र्रिट निर्माण लगायतका कार्य गरिरहेको बताउँदै पाथीभरा मन्दिर जस्तो पवित्र मन्दिर निर्माण हुँदा धार्मिक पर्यटन विकास गर्न थप उर्जा मिल्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै पत्रकार सम्मेलनमा महायज्ञ मूल समारोह समितिका सचिव गणेश अधिकारी, महायज्ञ अनुगमन समितिका संयोजक नारायणप्रसाद न्यौपाने, महायज्ञ समितिका सह संयोजक अर्जुन बस्नेत, महायज्ञ पूजा व्यवस्थापन समितिका संयोजक अम्बिका बस्नेत लगायतले महायज्ञको बारेमा जानकारी गराउनुभएको थियो ।

शतचण्डी महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरुले भजन कीर्तन तथा सांस्कृतिक कार्यक्रम गरिने छ । त्यस्तै २०७६ असोज १२ गते विहान ८ः०० बजे कलश यात्रा, पूर्वाङ्ग एवं समुद्घाटन ११ः०० बजे ,२०७६ असोज २१ गते : पूर्णाहुती तिलक प्रसाद वितरण हुनेछ । त्यस्तै दैनिक मण्डप पूजा अर्चना एवं हवन समय प्रात बिहन ७ः०० देखि ८ः०० बजेसम्म चल्नेछ । पाठपारायण बिहान : ८ः०० देखि ११ः०० बजेसम्म । दैनिक कथावाचन ११ः३० देखि ३ः३० बजेसम्म र साँझः महात्म्य कथा एवं ओम शान्ति,आरती साथै देवलीला साँझ ७ देखि १० बजेसम्म चल्ने मूल आयोजक व्यवस्थान समितिले जनाएको छ ।

प्रतिकृया