• २८ भदौ २०८३, आइतबार
  • ८ः०४ राती

नेपालमै पहिलो पटक दक्षिण एशियाली नेटबल प्रतियोगित हुने

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ०३:५९

काठमाडौं, नेपालमा पहिलो पटक दक्षिण एशियाली अन्डर १६ महिला नेटबल प्रतियोगिता आयोजना हुने भएको छ । आउँदो कार्तिक १ देखि ५ गतेसम्म लागनखेलको आर्मी फिजिकल तथा स्पोर्टर्स सेन्टरमा नेटबल प्रतियोगिता हुन लागेको हो ।

National Life

प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिप्स र श्रीलङ्काबीचका खेलाडीहरु सहभागि हुने आइतवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । नेटबलको प्रतिग्यम ४० मिनेटको हुने जनाएको छ ।

खेलमा श्रीङ्गापुर, श्रीलङ्का, भारत, पाकिस्थान नेपालबाट दुई/ दुई जना गरी १० जना एम्पायरमा आउने नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतले जानकारी बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

खेलमा भदौ २१ गते विभिन्न चरणको प्रतियोगिताद्वारा ६८ जनाबाट २२ जना खेलाडी छनोट भएका छन् भने असोज १० गते हुने खेलाडी छनोट प्रतियोगितामा १२ जना छनोड हुने जनाइएको छ ।

नेपालमा नेटबलका अन्तर्राष्ट्रिय स्त्तरका प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने उद्देश्यरले सङ्घले दक्षिण एसियाली नेटबल प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । अध्यक्ष बस्नेतले अहिले सङ्घले नेटबल खेलका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा लागि रहेको बताउनुभयो ।

प्रतिकृया