• ३० भदौ २०८३, मंगलबार
  • १ः३९ राती

राष्ट्रिय शिखर कृषक अवार्ड : पहिलो पटक ७ प्रदेशका उत्कृष्ट कृषक सम्मानित

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ०४:४५

काठमाडौँ, कृषि प्रधान देश नेपालमा पहिलो पटक ७ प्रदेशका उत्कृष्ट ७ कृषकहरुलाई ‘राष्ट्रिय शिखर कृषक अवार्ड’–२०७६’ सम्मान गरिएको छ । विगत एक दशदेखि विभिन्न समाजिक कार्य संलग्न शिखर नेपालको आयोजनामा एक समारोहका विच राष्ट्रिय सभा गृहमा नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेरलले ७ प्रदेशका ७ जना उत्कृष्ट कृषकहरुलाई “राष्ट्रिय शिखर कृषक अवार्ड–२०७६” बाट नगद पुरस्कारसहित सम्मान गरेका थिए ।

National Life

सो सम्मानबाट प्रदेश १ बाट विशाल राई, (विशाल कृषि फर्म, विर्तामोड), प्रदेश २ बाट रामआशिष प्रसाद गुनियाँ (श्री कृषि फर्म सेन्टर पर्सा), प्रदेश ३ बाट नवराज आचार्य (वाग्मति गोट फिड्स प्रा.लि.धार्के धादिगं), प्रदेश ४ बाट घनश्याम तिमिल्सीना (हेम्जा गाई फर्म कास्की), प्रदेश ५ बाट दलबहादर खत्री (लेकाली व्यवसायिक बाख्रा पालन तथा दाना उद्योग प्युठान), प्रदेश ६ बाट डिल्लीबहादुर नाथ (डाफेँ भैसी पालन फर्म, रुकुम पश्चिम) र प्रदेश ७ बाट ठगुनुदेवी चौधरी (कार्प ह्याचरी, कैलाली)ले नगद १५र१५ हजार रुपैयाँ र अर्वाड र सम्मानपत्रसहित फुलमालले सम्मानित गरिएको थियो ।

सो अवसरमा बोल्दै उप्रधानमन्त्री पोख्रेरलले सरकारले कृषिलाई खुसी नेपाल समृद्ध नेपालीको पहिलो प्रथामिकतामा राखेको बताउनुभयो । उहाँले कृषि प्रधान देश भनेर आयात गर्नु दुख भएको भन्दै अब कृषिलाई निर्यात गर्ने गरि काम गर्ने बताउनुभयो । कृषि तथा पशुपंक्षि मन्त्रालयकी राज्यमन्त्री राम कुमारी चौधरीले बास्तकीक किसानहरु छनोट गरि पुरस्कृत गर्ने परम्परा पहिलो पटक सुरु गरेकोमा शिखर नेपाललाई धन्यवाद दिदै कृषकहरुको पक्षमा राज्य पनि गम्भीर भएको बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

नेपाल कम्युनिष्ट पार्टी -नेकपा_को युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कृषि उद्योगको रुपमा सञ्चालन सबै क्षेत्र लाग्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा बोल्दै नेपाल चलचित्र निर्देशक समाजका उपाध्यक्ष एवं समाजसेवी दिपक खाँडले मुलुकले नै गर्न नसकेको काम शिखर नेपालले गरेको भन्दै यो सम्मानले सबैलाई थप हौसला प्रदान गरेको बताउनुभयो ।कृषकहरुलाई प्रोत्साहनसगैँ उनीहरुको क्षमताको कदर गर्ने उद्देश्यसहित ‘राष्ट्रिय शिखर कृषक अवार्ड’–२०७६’ प्रदान गरेका हौँ अध्यक्ष शेखर खनालले भन्नुभयो, ‘आशा छ, सरकारकै सहकार्यमा प्रदान गरिएको यो अर्वाडले कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने छ । कृषिको हौसला बढेको छ ।’

जसका लागि कृषि तथा पशुपंछि विकास मन्त्रालयको समन्वयमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र पुशपंछी विभागको सकृयतामा मुलुकभरका कृयाशिल कृषकहरुको संकलित आवेदनलाई विज्ञ निर्णायक समितिले अध्ययन गरी मूल्यांकन गरि सातै प्रदेशबाट उत्कृष्ट कृषकहरुको नामावली यसअघि नै सार्वजनिक गरिएको थियो ।

प्रतिकृया