बाँके घटनाबारे गृहमन्त्री थापाद्धारा प्रष्टीकरण,दोषीलाई नियन्त्रणमा लिइएको छ
प्रकाशित मिति
२०७६ भाद्र २९ गते, आईतवार ०३:३२
काठमाडौं, गृहमन्त्री रामबहादुर थापाले बाँकेको खजुरामा गत बिहीबार भएको घटनाका संलग्नलाई नियन्त्रणमा लिइएको बताउनु भएको छ ।
आइतबार संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले भन्नुभयो, ‘घटनामा संलग्नमा निमल खत्री, रोसन ठकुरी, लोबहादुरी शाहीलाई २८ गते पक्राउ गरिएको छ । बाँकीलाई पक्राउ गर्न निर्देशन भएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसदहरुसँग छलफल गरेर अवस्थालाई सहज बनाउने कोसिस गरिएको छ ।’

मन्त्रीले बाँके घटनाबारे आफू पूर्ण जानकार रहेका बताउँदै भन्नुभयो, ‘भदौ २६ गते, बाँकेको खजुरा गाउँपालिका सीतापुरमा कांग्रेसको जागरण अभियान चलिरहेको अवस्थामा ६ जनाले कार्यक्रम स्थलमा आइ होहोल्ला तोडफोग गर्दा सभापति कोइरालको हात भाँचिएको छ ।, घटनाप्रति दुःख व्यक्त गर्दछु । पूर्वजानकारी नभए पनि प्रहरी लगत्तै पुगेको थियो ।’

कांग्रेसले दोस्रो चरणको जनजागरण अभियान अन्तर्गत बाँकेको खजुरा गाउँपालिकामा भएको कार्यक्रमको क्रममा झडप भएको थियो । सो घटनालाई लिएर कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले संसदमा आपत्ति जनाउनुभयो ।
‘बाँकेको खजुरा गाउँपालिकाको सीतापुरमा कांग्रेसको कार्यक्रम भइरहेको थियो । त्यो कार्यक्रममा संविधान कार्यान्वयन, मौलिक हक अधिकारको रक्षाको विषयमा कुरा भइरहेको थियो ।, बाँकेकी जिल्ला सभपाति किरण कोइराला हुनुहुन्थ्यो । अरिंगालहरु हलभित्र छिरेर र बाहिर पनि नाराबाजी गरे । आपत्तिजनक घटना भएको छ ।’




प्रतिकृया