• ४ साउन २०८३, सोमबार
  • ७:३९ बेलुका

स्कर्प टाइफसको लक्षण र बच्ने उपाय

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार ०३:१८

काठमाडौं, स्कर्प टाइफस सक्रमित माइट (किर्ना) को टोकाइबाट लाग्ने रोग हो । यो किर्ना विभिन्न जनावरमा देखिन्छ तर खास गरेर मुसामा देखिन्छ । नेपालमा स्क्रब टाफस १२ महिना नै देखिने गरे पनि विशेष गरी वर्षाको समयमा बढि देखिने गर्दछ । यो रोग ग्रामीण इलाकामा मात्र नभई सहरी इलाकामा पनि देखिने गरेको छ ।

सन् २००४ मा पाटन अस्पतालले गरेको एक अनुसधानमा स्क्रब टाइफस देखिए पनि खासै वास्ता गरिएन । त्यस पछि सन १०१५ मा धरानमा एकै पटक ८ जनाको मृत्यु भए पछि यसको अनुसन्धान हुदै जादाँ स्क्रब टाइफसको संक्रमण भएको पृष्टि भयो । त्यस पछि यो रोग थप चर्चा र चासोको विषय बन्दै गयो ।

Kamana Sewa

विश्व स्वास्थ संगठनको अनुसार स्क्रब टाइफसको कारण विरामीको मृत्यु हुने दर ३० प्रतिशत मात्र छ । त्यसैले विरामीले ख्याल गरी समयमा नै स्वास्थ संस्था पुग्न सके सामान्य उपचारबाट पनि उसको ज्यान जोगिन सक्छ ।

Classic Tech Desktop

स्क्रब टाइफसको लक्षणहरु

संक्रमित किर्नाले टोकेको ५ देखि २० दिन सम्म यसको लक्षणहरु देखा पर्न थाल्छ ।

१) अत्याधिक ज्वरो आउने गर्छ ।
२) धेरै टाउको दुख्ने, खोकी लाग्ने, आँखा रातो हुने जस्ता लक्षणहरु देखा पर्दछन् ।
३) किर्नाले टोकेको ठाँउमा रातो डाबर उठ्न सक्छ, दाग देखिन सक्छ, पछि कालो दाग पनि बस्न सक्छ ।

४) पसिना धेरै आउने ।
५) झाडापखला लाग्ने ।
६) ग्रन्थिहरु सुनिने ।
७) विस्तारै शरीरका मुख्य अंगहरुले काम गर्न छाड्छ ।

८) समयमा नै उपचार नभएमा श्वास प्रश्वासमा समस्या आई शास फेर्न गाह्रो भई विरामी सिकिस्त हुन पनि सक्छ ।

स्क्रब टाइफसबाट बच्ने उपाय

१) खेतीबारीमा काम गर्दा , वनजंगलमा जाँदा, घास काट्न जादाँ, शरिर ढाकिने कपडा लगाउने गर्नु पर्दछ ।

२) संभव भएसम्म जुत्ता लगाउने गर्नु पर्दछ । संभव भएसम्म खाट या अग्लो स्थानमा बस्ने वा सुत्ने, बारी वा चौरमा बस्दा गुद्री वा दरी ओच्छाएर बस्ने गर्नु पर्दछ ।

३) किर्ना अथवा मुसा लाग्ने गरी अन्न भण्डारण नगर्ने तथा मुसाको वृद्धि विकास हुने वातावरणको सिर्जना नगर्ने । लक्षण देखिएपछि जतिसक्दो जाडो अस्पताल जाने गर्नु पर्दछ ।

प्रतिकृया