• २७ भदौ २०८३, शनिबार
  • ५ः५२ बेलुका

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र २९ गते, आईतवार १२:०९

चितवन, चितवनमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

National Life

शनिबार राति राप्ती नगरपालिका–४ मार्तल पुलमा युपी २१ सीएन ३१८८ जी नम्बरको भारतीय ट्रकले विपरीत दिशाबाट जाँदै गरेको ना १२ प ४९०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा राप्ती नगरपालिका–६ का २५ वर्षीय सरोज तामाङको मृत्यु भएको हो ।

सोही मोटरसाइकलमा सवार राप्ती नगरपालिका–१ का १४ वर्षीय उत्सव श्रेष्ठ घाइते भएका छन् । घाइते श्रेष्ठको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया