• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

कमजोरी ठानेर जिस्क्याउने प्रतिक्रियावादीहरुको दिनगन्ती शुरु हुने सांसद बस्नेतको चेतावनी

प्रकाशित मिति

२०७६ भाद्र २८ गते, शनिबार ०८:३०

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले वर्तमान समयमा नेकपाको पार्टी एकताका सवालमा केही समय युवाहरु सक्रिय नभएको समयमा प्रतिक्रियावादीहरुले कमजोरी ठानेको बताउँदै दुई संगठनको एकतासँगै अब जिस्क्याउने प्रतिक्रियावादीहरुको दिनगन्ती शुरु हुने चेतावनी दिनुभएको छ ।े
दुई संगठनको एकता भनेको दुई वादल भएको बताउँने कतिपय मानिसहरुमा रहेको भ्रमको अन्त्य भएको बताउँदै राष्ट्रिय युवा संघको एकतापश्चात आगामी दिनमा देशमा युवा जागरण तथा देशको विकास र समृद्धिको बाटामो ठूलो परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो । युवा आन्दोलन बैद्धिक तथा राजनीतिक भएको बताउँदै उहाँले अबको युवा आन्दोलन मुलुकको समद्धि प्राप्ती, रचनात्मक, सिर्जनसिलता नै अबको युवाको पहिचान भएको बताउनुभयो ।

Kamana Sewa

काठमाडौँको पेरिसडाँडामा राष्ट्रिय युवा संघ नेपालको पदभार ग्रहण, कार्यालय उद्घाटन, विदाई तथा स्वागत कार्यक्रममा बोल्दै इन्चार्ज बस्नेतले संघका युवाहरु रचनात्मक ढंगले अघि बढिरहेको समयमा कसैले कमजोरीको रुपमा ठाने त्यसको प्रतिवाद गर्ने चेतावनी दिनुभयो । इन्चार्ज बस्नेतले युवा नै देशको मेरुदण्ड रहेको बताउँदै युवाले नै देशको भाग्य र भविष्यको आधार तयार पार्ने बताउनुभयो । युवा संगठन नै गतिशिल संगठन भएकाले युवा सिर्जनसिल, खोजमूलक तथा लगनशिल हुनुपर्नेमा जोड दिनुभयो ।

Classic Tech Desktop

युवा संगठनको एकता दुई वटा संगठनको मात्र नभई देशभक्त, राष्ट्रवादी शक्तिहरुको एकता भएको बताउँदै उहाँले संगठनको एकताले मुलुकको राष्ट्रवादी, देशभक्त आन्दोलनलाई समर्थन गर्ने बताउनुभयो । युवा आन्दोलनलाई रचनात्मक ढंगले अघि लान खोजेको हातलाई, उद्योगधन्दा कलकारखाना, विज्ञान र प्रविधि बोकेको हातलाई उत्पादनको क्षेत्रमा काम गर्नुपर्ने बताउनुभयो ।

राष्ट्र, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने मूख्य जिम्मा युवा शक्ति भएको बताउँदै राष्ट्रिय युवा संघले सरकार, देश र जनताको विरुद्धमा कुनै पनि गतिविधि गर्ने प्रतिगामी शक्तिलाई परास्त गर्न कुने पनि मूल्य चुकाउनु परे पनि तयार हुनुपर्नेमा जोड दिनुभयो । युवा शक्ति जनताको अधिकार, आकांक्षा, युवाको भाग्य र भविष्यको बाटो निर्धारणको पथमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिकृया