• ५ साउन २०८३, मंगलबार
  • ९:०० बिहान

आफ्नै काकामाथि खुकुरी प्रहार

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार ०३:५१

काठमाडौं, खोटाङ मझुवागढी नगरपालिका—५ कटुवाल टोलमा एक युवकले आफ्नै काका नाता पर्नेमाथि खुकुरी प्रहार गरेका छन् । २५ वर्षीय दिनेश कटवालले काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवालमाथि खुकुरी प्रहार गरेका हुन् ।

मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण दिनेशले काका नाता पर्ने बालारामलाई खुकुरी प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । घाइते बालारामको जिल्ला अस्पताल खोटाङ दिक्तेलमा उपचार भइरहेको छ । भने खुकुरी प्रहार गर्ने दिनेशलाई प्रहरीले मंगलबार राति नै पक्राउ गरेको छ

Kamana Sewa

प्रतिकृया