• ४ साउन २०८३, सोमबार
  • ७:०५ बेलुका

कार्टुन क्रुको ‘एक कान दुई कान मैदान’ सार्वजनिक (भिडियोसहित)

प्रकाशित मिति

२०७६ भाद्र २५ गते, बुधबार ०३:३२

काठमाण्डौ, आशिष सचिन गौतम र मेलिना राईको स्वर रहेको गीत ‘एकान दुई कान मैदान’ सार्वजनिक भएको छ । हिमान्शु रायमाझीको शब्द रहेको गीतमा भीम बिसीको सङ्गीत रहेको छ । मङ्गलवार भिडियो सहित युट्युबमा सार्वजनिक गरिएको गीतमा गायक आशिषसँगै सरोज खनाल, आँचल शर्मा, सरोज अधिकारी, आश्मा विश्वकर्मा, पवन माकुरी फिचर्ड छन् ।

दीपक आचार्यले निर्देशन तथा गम्भीर विष्टले कोरियोग्राफी गरेका हुन् । साथै उदयराज पौडेलको सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् । म्युजिक भिडियोलाई जीवन थापाले सम्पादन गरेका छन् ।

Kamana Sewa

Classic Tech Desktop

प्रतिकृया