टिकापुर घटनामा गिरफ्तार भएकाहरुलाई रिहाई गर्न थारु कल्याणकारिणी सभाद्धारा माग
प्रकाशित मिति
२०७६ भाद्र २२ गते, आईतवार ०१:५२
थारु कल्याणकारिणी सभाले २०७२ भदौ ७ गते भएको थारुवान आन्दोलन राजनैतिक आन्दोलन भएको भन्दै सो क्रममा गिरफ्तार भएका नेता तथा कार्यकर्ताहरुलाई अबिलम्ब रिहाईको माग गरेका छन् । सभाले टिकापुर घटना राजनैतिक भएकाले समाधान राजनैतिक सहमतिका आधारमा खोजिनुपर्ने पनि माग गरेको छ ।
आइतवार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डलाई निवास खुमल्टारमा भेटी सभाका अध्यक्ष धनिराम चौधरी सहितको प्रतिनिधि मण्डलले ज्ञापनपत्र बुझाएको थियो ।

अध्यक्ष प्रचण्डले थारुहरुको माग प्रति आफू सकारात्मक भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरी समाधानको लागि पहल गर्ने आश्वासन दिएका दिनुभएको छ । उहाँले नेपालको राजनीतिक परिवर्तनमा आदिवासी जनजातिहरुको अभूतपूर्व योगदान रहेको चर्चा गर्दै ती समुदायको हित र अधिकार बिना प्राप्त उपलब्धी संस्थागत नहुने उल्लेख गर्नुभयो ।







प्रतिकृया