• 7:17 pm

गुल्मीमा शिविर सन्चालनबाट कर संकलन

प्रकाशित मिति

२०७६ भाद्र २१ गते, शनिबार १०:००

गुल्मीमा दोस्रो पटक शिविर सन्चालन व्यावसायीबाट कर संकलन गरिएको छ । आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय पाल्पाको आयोजना र चेम्बर अफ कमर्शको संयोजनमा गुल्मी जिल्ला सदरमुकाम तम्घासमा शिविर सञ्चालन गरेर कर संकलन गरिएको हो । गुल्मी जिल्लासमेत हेर्ने गरी आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय पाल्पामा स्थापना गरिएको छ । कर बुझाउनेलगायतका विभिन्न सेवा लिन गुल्मीका व्यावसायी पाल्पा जानु पर्ने बाध्यता छ । त्यसैले उनीहरुको सहजताका लागि गुल्मीमै शिविर सञ्चालन गरिएको हो ।
शिविरको पहिलो दिन शुक्रबार झण्डै ७ सय जनाले सेवा लिएको आन्तरिक राजस्व विभाग करदाता सेवा कार्यालय पाल्पाका प्रमुख सागर पोखरेलले बताउनु भयो । शिविरमा नयाँ व्यवसाय दर्ता, प्यान नम्बर वितरण, कारोबार परिवर्तन, कारोबार बन्द जस्ता कामहरु भएको कार्यालय प्रमुख पोखरेलले बताउनु भयो ।

प्रतिकृया