• 4:57 pm

स्पेनिस स्टार नाडाल युएस ओपन टेनिसको फाइनल प्रवेश

प्रकाशित मिति

२०७६ भाद्र २१ गते, शनिबार १०:०४

स्पेनिस स्टार राफेल नाडाल युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । शनिबार बिहान भएको खेलमा दोस्रो वरीयताका नाडालले इटालीका २४औं वरीयताका माटियो बेरेटिनीलाई ३–० को सोझो सेटमा हराए । नाडाल यससँगै पाँचौ पटक युएस ओपन टेनिसको फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेटमा निकै मेहनत गर्नु परेपनि नाडालले त्यसपछिको सेटमा सहज जित निकालेका थिए । नाडालले ७–६ ९८–६०, ६–४, ६–१ को नतिजा निकालेका थिए । १८ पटककोे ग्रान्डस्लाम विजेता नाडालले फाइनलमा पाँचौ वरीयताका रसियाका ड्यानियल मेडेलेभसँग प्रतिस्पर्धा गर्नेछन् ।

मेडेलेभले बुल्गेरियाका ७८औ वरीयताका ग्रिगर दिमित्रोभलाई ७–६, ६–४, ६–३ को सोझो सेटमा हराउँदै फाइनलमा स्थान बनाए ।

प्रतिकृया