• 5:06 pm

टाटासुमो दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ घाइते

प्रकाशित मिति

२०७६ भाद्र २० गते, शुक्रबार ०६:०२

सर्लाही बाट काठमाडौं जाँदै गरेको ना १ ज ३६४० नं को सुमो दुर्घटना भएको छ भने ११ जना घाइते भएका छन् । हेटौंडा कुलेखानी सडक खण्डको भिमफेदी ६ चिसापानीमा टाटासुमोको टायर फुस्केर दुर्घटना भएको हो ।

दुर्घटनामा रामेछाप रजन गाउँकी दश महिने बालिका सम्रागी माझिको घटना स्थलमा निधन भएको छ भने घाइते भएका थप २ जनाको उपचारको क्रममा निधन भएको छ। निधन हुनेमा महोत्तरी माईस्थान ६ घर भएका ७० बर्षीय बिर बहादुर वाइबा, र सर्लाही बरथवा ३ बस्ने ६० बर्षीय महेन्द्र सहनि रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले बताएका छन्। वाइईवा र सहनीको उपचारको क्रममा हेटौंडा अस्पतालमा निधन भएको जनाइएको छ।

प्रतिकृया