सिक्टा सिँचाइ सञ्चालनमा हुनु पर्नेमा जोड
प्रकाशित मिति
२०७६ भाद्र १३ गते, शुक्रबार १०:३५
नेपालगन्ज। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्णकुमारी सुवेदीले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले द्रुत गतिमा निर्माण सम्पन्न गरेर नहर सञ्चालन हुनुपर्ने कुरामा जोड दिएकी छन् । गृह जिल्ला बाँकेको नेपालगन्जमा बुधबार पत्रकारसँगको भेटमा सभापति सुुवेदीले सिक्टा सिँचाइको भत्केको पश्चिमी नहर पुनर्निर्माण गरेर सञ्चालनमा ल्याउन सकिने विज्ञको प्रतिवेदनसमेत आइसकेको अवस्थामा अब नहर पुनर्निर्माण गरी सञ्चालन गर्न विलम्ब गर्न नहुने कुरामा उनको जोड थियो ।
गत वर्ष नहरमा पानी परीक्षणका क्रममा नहर भत्केपछि संसदीय समिति तथा माटो विज्ञका रूपमा आएको अस्ट्रेलियन टोलीलगायतले सिक्टा सिँचाइको भत्केको पश्चिमी नहरको स्थलगत अवलोकन गरेको थियो । यसैगरी सिक्टा सिँचाइको नजिकै रहेको राजकुलोलाई पूर्वी नहरको रूपमा रूपान्तरण गर्दै राप्ती सोनारीका ३, ४, ५ र नरैनापुर गाउँपालिकालाई सिँचाइ पुग्नेगरी काम भइरहेको छ ।





प्रतिकृया