• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

बेपत्ता परिवारजन भन्छन्,सँधै घाउ कोट्याउने काम मात्र नहोस्

प्रकाशित मिति

२०७६ भाद्र १३ गते, शुक्रबार ०९:५३

सन्दर्भ ःअन्तराष्ट्रिय बेपत्ता दिवस
भक्तपुर, अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा बिहीबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले एक अन्तरकृया कार्यक्रमको आयोजना गरेको छ ।कार्यक्रममा संबिधान सभाका पुर्व सभासद तथा बेपत्ता परिवारजन नारायणीदेबी प्रधान लगायतका बेपत्ता परिवार जनले सँधै आफ्ना घाउ मा कोट्याउने काम मात्र भएको तर राज्यले बेपत्ताहरुको छानवीनमा चासो नदेखाएको आरोप लगाउनुभयो ।प्रधानले दश बर्षे द्धन्द्धका क्रममा श्रीमान गुमाउनु भएको थियो ।
भक्तपुरका नारायणभक्त त्वायनाको छोरा २०५८ साल चैत्र १२ गते बेपत्ता भएको छोराको अहिलेसम्म अत्तोपत्तो छैन । नेताहरु भन्नुहुन्छ, “तपाईको छोरा शहिद भयो ।” शहिद भएको भए स्थान देखाउनुपर्यो नी, सरकार मेरो छोराको कि लास चाहियो कि सास चाहियो, त्वायना भन्नुहुन्छ ।


त्वायनाको जस्तै पिडा भक्तपुरका १२ परिवारलाई छ । यति लामो समयसम्म बेपत्ता भएका आफ्ना आफन्तका बारेमा केहि थाहा नहुदा ठुलो पिडामा बस्नु परेको र सरोकारवाला निकायहरुले छिटोभन्दा छिटो आफ्ना आफन्तहरुका बारेमा जानकारी गराउन माग गर्नुभएको छ ।
बेपत्ता परिवारजन भन्छन्र्,बरु मरे, मारेको ठहर भए अन्तिम संस्कार पनि हुन्थ्यो ,बिस्तारै घाउ पनि निको हुँदै जान्थ्यो होला तर खोजीबिन ,पर्खाई र तड्पाईमा हामीहरुको जीवन बित्ने भो ।’ बेपत्ता परिवारकी स्वस्तिका बिसुंकेले भन्नुभयो, ‘एकातिर परिवारका सदस्य बेपत्ता हूदाको पींडा त छदैछ,पैतृक सम्पत्ति पनि नामसारी गर्न पाएका छैनौं ।’ नागरिकता पाउन कठिन भएको छ ।

Kamana Sewa

दिवसले आफूहरुको घाउमा नूनचुकमात्रै गरेर जाने गरेको भन्दै आक्रोश पोखेका छन् । सरकारले बेपत्ताको सूची तयार गरे पनि बेपत्ता परिवारले पाउनुपर्ने न्यूनत्तम सेवासुविधासमेत पाउन नसकिएको उनीहरुको आक्रोश थियो ।
द्वन्द्वको पिडा राज्य र द्धन्द्धरत दुवै पक्षका पिडीतलाई उत्तिकै भएको बताउँनुहुदै भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलिप लामिछानेले सरकारलाई छिटोभन्दा छिटो समस्या समाधनका लागि जागरुक गराउन सबैपक्षबाट लाग्नुपर्ने बताउनुभयो ।

Classic Tech Desktop

नेपाल रेडक्रसले बेपत्ता परिवारलाई भेटघाट गर्ने र उहाँहरुका समस्या बुझेर सरोकारवाला माझ लाने कार्य निरन्तर गरीरहेकोमा प्रशंसा व्यक्त गर्नुभयो । सहायक प्रजिअ लामिछानेले एक अर्कालाई दोषारोपण गरेर मात्र समस्या समाधान नहुने भन्दै सरोकारवाला सबैको दबाब आवश्यक रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकीले सबैको चासो र चिन्ताको विषय बेपत्ता व्यक्तिको बारेमा सरकारले गम्भिर चासो देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले कानुनको अभाव भएको भए तत्कालै कानुन बनाएर भएपनि दोषि जो भएपनि कार्वाही गरेर बेपत्ताका परिवारलाई न्याय दिनुपर्ने बताउनुभयो ।
अध्यक्ष बुढाथोकीले बेपत्ताजनको कि सास कि लाश ,कि अस्थिपन्जर कि चिहान राज्यले पहिचान गनुपर्ने बताउनुभयो ।उहाँले बिगतमा भएका स्थानीय शान्ति समिति भंग हुँदा पनि बेपत्ताहरुको खोजवीनमा बहस र चर्चा र बल कमजोर बनेको बताउँदै उहाँले बेपत्ता छानवीन आयोगलाई पंगु बनाउने काम सरकार र दलहरुले गरेको उल्लेख गर्नुभयो ।
बेपत्ताको खोजवीनमा सरकार र आयोगको पहल कदमी फितलो भएको बताउँदै उनीहरु कहाँ छन् भन्ने जवाफ दिन ढिलाई गर्न नहुने तर्फ ध्यानकर्षण गर्नुभयो ।बिगत र बर्तमानमा पद र पहुँचमा पुगेका प्रशासक,सुरक्षाकर्मी र दलका प्रभावशाली नेता समेत बेपत्ताको सन्दर्भमा मुछिने भयले दोषीलाई पत्ता लगायर कारवाही गर्ने तर्फ प्रभावकारी काम हुन नसकेको तर्फ उहाँले शंका ब्यक्त गर्नुभयो ।
सोसाईटीका जिल्ला सभापति मनोज कुमार थापाले भक्तपुरमा यस अघि १८ जना बेपत्ता रहेकोमा अहिले सो संख्या १२ मा झरेको बताउनुभयो ।रेडक्रस बेपत्ता परिपारको माग सम्बोधनमा निर्णायक नभए पनि उनीहरुको साथमै रहेको र सरकार समक्ष आवाज पुर्याईरहेको बताउनुभयो । रेडक्रसले बेपत्ता परिपारजनका लागि रोजगारीको पहल गर्ने बताउनुभयो ।
द्वन्द्वका समयमा बेपत्ता भएका व्यक्तिका परिवारसँग रेडक्रसको अन्तराष्ट्रिय समिति (आइसीआरसी) र नेपाल रेडक्रसले काम गरिरहेको उहाँले बताउनुभयो । नेपाल रेडक्रसले बेपत्ता व्यक्तिका परिवारलाई अहिले सम्म भएका कामहरुको जानकारी गराउन र बेपत्ता व्यक्तिका परिवारको पिडा उस्तै छ है भनेर सरोकारवालालाई जानकारी गराउनका लागि अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरका सभापति थापाले जानकारी दिनुभयो । थापाले गएको वर्षसम्म केन्द्रीयस्तरमा हुने कार्यक्रम यसै वर्षदेखि जिल्ला जिल्लामा मनाइएको जानकारी दिनुभयो ।
बेपत्ता भएका व्यक्तिका परिवारहरुका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरले गरेका गतिविधिहरुको जानकारी गराउनुहुँदै नेपाल रेडक्रस सोसाइटीका मन्त्री परशुराम पाण्डेले बैदेशिक रोजगार, विपद् जस्ता कारणले बेपत्ता भएका व्यक्तिहरुको खोजीका लागि पनि जिल्ला शाखाले काम गरिरहेको बताउनुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटीले पारिवारिक सम्पर्कको पुनस्थापना सेवा मार्फत बालसुधार गृह सानोठिमीका पाँचजना बालहरुलाई रेडक्रस सन्देशमार्फत परिवारसँग सम्पर्क गराएको र भक्तपुरको सिपाडोल, डोलेश्वर मन्दिरको आफ्नो घर आफ्नै आश्रमका सात जनाका परिवारलाई भेटी जिम्मा लगाएको मन्त्री पाण्डेले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा भक्तपुर प्रहरी प्रमुख एपी सविन प्रधान, नेपाली सेना, शसस्त्र प्रहरी, बेपत्ता पारिएका व्यक्तिका परिवारहरु, पत्रकार र रेडक्रसकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित बेपत्ता परिवारजनले पाएका दुख र उनीहरुको कारुणिक प्रस्तुतिले सहभागिमा सन्नाटा छाएको थियो ।
हरेक बर्ष अगस्ट ३० का दिन यो दिवस मनाईन्छ ।

प्रतिकृया