• २ असोज २०८३, शुक्रबार
  • ४ः४१ बेलुका

संविधान दिवस भव्यताका साथ मनाउन सबैलाई मन्त्री बाँस्कोटाको आग्रह

प्रकाशित मिति

२०७६ भाद्र ११ गते, बुधबार ०४:१७

काठमाडौँ, सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवस भव्यताका साथ मनाउनका लागि आ–आफ्नो ठाउँबाट योगदान दिन सबैलाई आग्रह गर्नु भएको छ ।

National Life

बुधबार सञ्चार मन्त्रालयमा संविधान दिवस मूल समारोह समिति अन्तर्गतको प्रचारप्रसार उपसिमितिले गरेको छलफल कार्यक्रममा बोल्दै मन्त्री बाँस्कोटाले सरकारले संविधान दिवस भव्यताका साथ मनाउनका लागि सार्वजनिक बिदा दिएको भन्दै सबैको अर्थपूर्ण सहभागिताको अपेक्षा आफूले गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘त्यो दिन तास खेल्नका निम्ति, पिकनिक खानका निम्ति, बियर खानका निम्ति, गलफ्रेण्ड लिएर हिँड्नका निम्ति, ब्वाईफ्रेण्डलाई भेट्न जानका निम्ति दिएको होइन । फाइनल कुरा यही हो । सिधा सिधा । राष्ट्रिय दिवस नै मनाउन दिएको हो ।’

संविधान दिवस कार्यक्रमहरुमा राष्ट्रसेवक कर्मचारी, सरकारी संघ–संस्था, निजी क्षेत्रका संघ–संस्थालगायत सबै वर्ग र क्षेत्रको अर्थपूर्ण सहभागिता हुनु पर्ने बताउनुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया