मधुमेहको घरेलु उपचार
प्रकाशित मिति
२०७६ भाद्र ११ गते, बुधबार ०२:०४
मधुमेहलाई नेपालीमा चिनीरोग भनिन्छ । मानव शरीरमा हुने विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगहरूलाई सामूहिक रूपमा मधुमेह भनिन्छ । यो रोगका लागि घरेलु उपचार गर्न सकिन्छ ।
१) खाद्य पदार्थकै रूपमा प्रयोग गरिने वस्तुद्वारा पनि चिकित्सा गर्न सकिन्छ । मधुमेह वंशानुगत छ र शरीर मोटो छ भने निमको पातलाई थिचेर २ चम्चा रस बिहान खालीपेटमा दैनिक ४र५ महिनासम्म खाने ।

२) तितेकरेलालाई खानाको रूपमा सधैं प्रयोग गर्ने । तिते करेलाको पातलाई थिचेर २ चम्चा बिहान खाली पेटमा खाने यदि पेटमा वायु बनेको छ भने सानो केराउको गेडा जति हिङ फुराएर रसमा मिलाई खाने ।

३) अंकुरित चनालाई दिनमा २ पटक काँचै र रोटीतरकारी पकाएर खानाले राम्रो गर्दछ । यो पौस्टिक पनि छ । लसुन १ पिस बिहान खाली पेटमा खाने । १० पिस सफा बेलपत्र पिसेर कल्क बनाई पानीसँग खाने ।
४) हर्रो, बर्रो, अमला, जिरा, कुटकी, चिराइतो, सुठो, तेजपात, गुर्जो, मेथी, जामुनको भित्रको कडा भाग (गुठली), आँपको बियाँभित्रको गुदी खाने ।
५) सकभर दैनिक प्रातः भ्रमण गर्ने र रात्रिमा सम्पूर्ण शरीर मालिस गर्ने । यदि शरीर दुख्ने भएमा सातामा १–२ दिन वाष्प स्नान गर्ने ।




प्रतिकृया