• ४ साउन २०८३, सोमबार
  • ७:१५ बेलुका

डडेल्धुरामा जीप दुर्घटना दुईको मृत्यु

प्रकाशित मिति

२०७६ भाद्र ११ गते, बुधबार ०१:१२

डडेल्धुरा, डडेल्धुरामा जीप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुधबार बिहान भागेश्वर गाउँपालिका–४ को डुङरीमा म १ ज २१० नं को जीप दुर्घटना हुँदा अजयमेरु गाउँपालिकाकी ६३ वर्षीया मानमती देवी चन्दको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलमै गाडीमा च्यापिएर चन्दको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनालाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

Kamana Sewa

उक्त जीपमा करीब २२ जना सबार रहेको बताइएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन । उक्त दुर्घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ ।

Classic Tech Desktop

प्रतिकृया