• २ असोज २०८३, शुक्रबार
  • ३ः२८ दिउँसो

जलवायु परिवर्तनको नेपालमा असर, वार्षिक ९० अर्ब नोक्सान

प्रकाशित मिति

२०७६ भाद्र ८ गते, आईतवार ०८:१२

विश्वमा बढ्दै गएको जलवायु परिवर्तनको समस्याका कारण नेपालले बर्से्नि झन्डै ९० अर्बको नोक्सानी बेहोर्नुपरेको छ । वन तथा वातावरण मन्त्रालयले गरेको एक अध्ययनले जलवायु परिवर्तनका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादनको करिब २ देखि ३ प्रतिशत अर्थात् ६० देखि ९० अर्ब रुपैयाँ नोक्सान हुने गरेको तथ्य सार्वजनिक गरेको हो ।

National Life

जलवायु परिवर्तनको कारण कृषि तथा खाद्यान्न, जलस्रोत, वन तथा जैविक विविधता, मानव स्वास्थ्य, पर्यटन, ऊर्जा, जल, सिँचाइ, बसोबास तथा पूर्वाधारलगायतका क्षेत्रमा प्रतिकूल प्रभाव पर्न थालेको अध्ययनले देखाएको छ ।

‘नेपालको तापक्रम वार्षिक ०।०५६ डिग्री सेल्सियसका दरले बढिरहेको पछिल्लो अध्ययनले देखाएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यसअघि सरकारले अन्तर्रा्ष्ट्रिय सम्मेलनमा नेपालमा वार्षिक ०।०६ डिग्री सेल्सियसका दरले मात्र तापक्रम बढिरहेको आँकडा प्रस्तुत गर्ने गरेको थियो ।’

Classic Tech Mobile
Classic Tech Desktop

विकसित मुलुकहरूले उत्सर्जन गर्ने कार्बनडाइअक्साइड, नाइट्रस अक्साइड, मिथेन, क्लोरोफ्लोरो कार्बनलगायतका हानिकारक ग्याँस ९ग्रिन हाउस ग्याँस०का कारण नेपालको तापक्रम विगतमा भन्दा उच्च गतिमा बढ्न थालेको हो ।
(सविन शर्मा)
राजधानी दैनिकबाट साभार

प्रतिकृया